विराटनगरको हिमालय रोडका व्यापारी कालो पट्टी बाधेर सडकमा उत्रिए

<span class='c1'>विराटनगरको हिमालय रोडका व्यापारी कालो</span> <span class='c2'>पट्टी बाधेर सडकमा उत्रिए</span>

विराटनगर । विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले विगत ३ दिनदेखी निरन्तर आन्दोलन गर्दै आएका छन् ।

लामो समयदेखि सौन्दर्यकरणको नाममा रोड अव्यवस्थित बनाएको र त्यसले व्यापार व्यवसायमा समस्या भएको भन्दै स्थानीयले आईतबारदेखी विरोधमा उत्रिएका छन् । यसैबीच मंगलबार पनि हात र टाउकोमा कालो पट्टी बाँधेर विरोध जनाएका छन् ।
उनीहरुले आईतबार र सोमबार हिमालय रोडमा चल्ने दुवै तर्फको सवारी आवगमनमा अवरोध गरी महानगरपालीकामा पुगेर मेयर नागेश कोईराला विरुद्ध नाराबाजी समेत गरेका थिए ।

उनीहरुले ‘काल्पनिक एम.जी रोड बन्द गर, साविक हिमालय रोड कायम गर, लेखिएको ब्यानरसहित महानगर पुगेको टोलीले मेयर कोईरालालाई भेटेर तत्काल हटाउन माग राखेका छन् । विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीको कार्यकालमा कला विल्डर्सले १ करोड ८३ हजार २७२ रुपैयाँमा योजनाको ठेक्का लिएको थियो । रोडलाई भारत सिक्किमको एम.जी. रोडको अवधारणा दिने योजना थियो ।

एम.जी. रोडमा निर्माण गरिएका पानीको फोहोरा स्थलमा मछडको खानी बनेको, राखिएका बत्ती लाइट बल्न छोडेको र आवागमनलाई समस्या भएको स्थानीय व्यापारी गगांधर मैनालीले बताए ।

रोपिएको फलफूलको बिरुवा प्रयोग विहीन अवस्थामा रहेकोले नाम मात्रको पर्यटकीय स्थलको कुनै काम नरहेको व्यापारीहरुको भनाई छ ।

सिक्किमको एमजी रोड जस्तै बनाउने भन्दै विराटनगर महानगरपालिकाले अतिव्यस्त सडकमा टाली बिछ्याई फाउन्टेन र फलैँचा राख्नुका साथै विरुवा रोपेको थियो । सो क्षेत्र अहिले सवारीसाधन पार्किङका लागि प्रयोग भईरहेको छ । पार्क निर्माण सुरु गरेपछि यसअघि पनि स्थानीय ब्यापारीले आन्दोलन गर्दै आएका छन् । आईतबारबाट स्थानीय व्यापारी विनोद पोद्धारको संयोजकत्वमा सडक संरचना खारेजीको माग गर्दै आन्दोलन सुरु भएपछि महानगर विरुद्ध निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

हिमालय रोडको संरचनालाई पुरानै अवस्थामा बनाउनको लागी माग गर्दै सोमबार व्यापारीहरुले विराटनगर महानगरपालीका मेयर नागेश कोईलारालाले ज्ञापनपत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्