सरकारी क्याम्पसमा घट्दो विद्यार्थी संख्या

सरकारी क्याम्पसमा घट्दो विद्यार्थी संख्या

सुजता लिम्बु
विराटनगर । रोहित मण्डलको एउटै सपना थियो– स्नातकोत्तरको पढाई पुरा गर्ने र प्रहरी निरीक्षक भएर देशको सेवा गर्ने । उनको स्नातककोत्तरको परीक्षाको नतिजा पनि भने जस्तै आयो । आफूले देखेको सपनालाई पुरा गर्न हरसम्भव प्रयास गरे । तर, शैक्षिक प्रमाणपत्र समयमा नपाएपछि २५ वर्षीय मण्डलले प्रहरी निरीक्षकका लागि आवदेन दिन पाएनन् । प्रहरी अधिकृत बनेर देशमै केही गर्ने भन्ने उनको सपना यसै तुहियो । अहिले विकल्पमा उनी विदेशिने तरखरमा छन् । देशमा व्यवहारिक शिक्षा रोजगारीको अवसर कम भएकाले पनि कमाउँदै पढ्ने चाहानाको पोकोसहित विदेश जाने तयारीमा रहेको उनी विराटनगर १६ का हुन् ।

बेलबारीका सनिस बस्नेत पढ्दै कमाउने उद्देश्यसहित युरोप पुगेका छन् । कक्षा १२ पास गरे लगत्तै पढाईसँगै रोजगारीको अवसर खोज्दै उनी क्यानडा पुगे । नेपालमा उच्च शिक्षा हाँसिल गरेपनि रोजागारीको अवसर कम भएकाले विदेशीन बाध्य बनेको उनी बताउँछन् । उनी भन्छन्,‘ शिक्षा छ रोजगारी छैन, चुनौती धेरै छ अवसर कम छ । त्यसैले पनि अवसरको खोजीमा काम गर्दै पढ्न उदेश्यले नेपाल छोडेको हुँ ।’ उनीसँग सामाजिक सञ्जाल मार्फत संवाद भएको हो । राम्रो अवसर पाए देश छोड्ने युवाहरुको लर्को मध्येका रोहित र सनिस प्रतिनिधि पात्र मात्रै हुन् । राजनीतिक दाउपेचले गिजोलेको नेपालको शिक्षा प्रणालीप्रति आजित बनेका धेरै युवाहरु पढ्न र कमाउन युरोप, अष्ट्रेलिया, जान बाध्य बनेका छन् ।

प्राविधिक शिक्षाको कमि भन्दापनि व्यवहारिक शिक्षा नभएकाले पनि पछिल्लो समय सरकारी क्याम्पसमा विद्यार्थीहरुको आकर्षण घट्दै गएको विद्यार्थी नेता निर्मल भण्डारी बताउछन् । व्यवहारमा उतार्न सक्ने शिक्षा निती सरकारले ल्याउन जरुरी रहेको बताउदै उनले रोजगारीको ग्यारेन्टि हुनुपर्ने, शिक्षाको गुणस्तरमा वृद्धि हुनुपर्ने र नेपालकै विश्वविद्यालय हँुदाहुँदै वैदेशिक विश्वविद्यालयलाई नेपालमा अनुमति दिन नहुने उनको बुझाई छ ।
त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा पछिल्लो समय विद्यार्थीहरुको अकार्षण खासै छैन । यसका व्यवहारिक शिक्षा अभावकै कारण रहेको भण्डारीको बुझाई छ । विराटनगरको स्नातकोत्तर क्याम्पस स्ववियु सभापति निर्मल गजुरेलले पनि गुणस्तरीय शिक्षा प्रणाली नहुँदा सरकारी क्याम्पसमा विद्यार्थी अभाव हुँदै गएको बताए । उनले विद्यार्थीको गन्तव्य युरोप, अष्ट्रेलिया बन्दै गएकोप्रति दुःख लाग्ने गरेको बताए । नेपालका विश्वविद्यालयले ४ वर्षे ब्याचलर सकाउन ५ वर्ष लगाउने तर, विदेशी विश्वविद्यालयले ४ वर्षे व्याचलर ३ वर्षमै सक्ने भएकाले पनि विद्यार्थीहरु नेपाली विश्वविद्यालय भन्दा विदेशी विश्वविद्यालयमा ५ गुणा बढि पैसा तिरेर पढ्न जाने गरेको उनको भनाई छ ।

लामो समय विद्यार्थी राजनीति गरेका साथै महेन्द्र मोरङ बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका ओसिम आलम विद्यार्थीको पढाईको स्तर सरकारी कलेज स्कुलमा कम्जोर भएपछि विद्यार्थीहरुलाई दुःख गरेर पनि निजी कलेज या त विदेश नै जाने गरेको बताउँछन् । निजी क्षेत्रलाई मात्रै आलोचना गर्नुभन्दा पनि सरकारी स्कुल र क्याम्पसहरुमा राज्यको लगानी छ प्रतिफल आउने कुरामा सरोकारवाला दोषी रहेको उनको तर्क छ ।

‘हामीले निजी क्षेत्रलाई सरापेर हुँदैन, सरकारी स्कुल र कलेजमा राज्यको जति लगानी छ । त्यसको प्रतिफलमा आउने कुरामा सरोकारवालाहरु दोषि हुन् , निजी शैक्षिक संस्थामा पढाउने शिक्षकको पारिश्रमिक भन्दा तीन गुणा बढी पारिश्रमिक पाउने सरकारी क्याम्पस र विद्यालयका व्यक्तित्वहरुले सोच्नुपर्ने विषय हो । सरकारी क्याम्पस या विद्यालयको खस्कदो पढाईको मुख्य दोष राज्यले लिनुपर्नेमा उनले जोडदिए । तीनै तहको सरकारले आ–आफ्नो मातहतमा रहेको शिक्षा संस्थाहरुलाई सुधार गर्नु जरुरी हरेको उनले बताए ।
उनले भने,‘ महेन्द्र मोरङमा पढाउने कतिपय प्राध्यापकको निजी कलेज छ, तर, निजीको विद्यार्थीको नतिजा राम्रो आँउछ त्यही सरकारी कलेजका विद्यार्थीको शिक्षाको गुणस्तर कति कमजोर छ ।’ सम्पूर्ण विषयको जिम्मा सरोकारवाला र राज्यले लिनुपर्नेमा उनले जोड दिए ।

विद्यार्थीको संख्या घट्दो छ : डा. उपाध्याय
विद्यार्थी घट्नेक्रम नेपालको प्राय सबै विश्वविद्यालयमा पछिल्ला समय देखिएको महेन्द्र मोरङ क्याम्पसका समाजशास्त्र विभागका प्रमुख समेत रहेका उपप्राध्यापक डा. चन्द्र उपाध्याय बताउछन् ।
यो वर्ष झनै कम संख्यामा विद्यार्थी भर्ना भएको र तोकिएको सिट संख्यामा पनि विद्यार्थी अभाव देखिएको उनको भनाई छ । ‘देहोर्याएर प्रवेश परीक्षा लिने विश्वविद्यालयहरुले गरेका छन, प्राविधिक विषयमा जस्तै नर्सिङ, इन्जिनियरिङमा विद्यार्थी पुगेनन् । टेक्निलकल तर्फ विद्यार्थी पुगेन ।’ उनले भने,‘एकाध सेमेस्टर पटीको प्रोग्राम तोएिको सिट संख्या विद्यार्थीहरु भर्ना भएका छन् महेन्द्र मोरङमा बिबिए तर्फ ९९ वटा सिट हो त्यहाँ भने ९९ जना भर्ना भए, आइटीतर्फ कतै ३५\३६ जना भर्ना भए तर धेरै क्याम्पसमा सरकारी क्याम्पस होस या अरु विश्वाविद्यालयका क्याम्पसको सिट बराबरको विद्यार्थी छैनन ।’

यसमा विश्लेषण गर्दा उच्च माध्यमिक तहको परीक्षाफल कति भयो भन्ने पनि हेर्नु पर्ने बताउदै उनले भने कति विद्यार्थी स्नातक पढ्न योग्य भए र कति सिट संख्या भयो त्यो पनि हेर्नु जरुरी छ । त्यसमा पनि शिक्षामा नयाँ कार्यक्रम थपिदै गएकाले नयाँ कार्यक्रममा विद्यार्थी गएका र केही कार्यक्रममा शुन्य रहेको समेत उनको बुझाई छ । ‘महेन्द्र बहुमुखीमा मानविकी संकायमा विद्यार्थी घट्दो रहेका छन् । विश्वविद्यालयहरुले क्यालेन्डर निर्माण गरेपछि त्यसलाई कार्यन्वयन नगर्दाको नतिजा मान्नुपर्ने उनको बुझाई छ ।

उनी भन्छन्,४ वर्षे कोर्षलाइ ५ वर्ष लगाउनु, ३ वर्षे कोर्षलाई चार वर्ष लगाउनु पर्ने अवस्था छ । पढाईको सिलसिलामा पढ्ने र कमाउने भन्ने सपना लिएर विदेश पलायन हुने बताउँदै उनले विदेशमा विश्वविद्यालय पढ्दै काम गर्ने निती बनाएकाले पनि विद्यार्थीहरुको विदेशमा पढ्न जानका लागि आकर्षण बढ्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्