बुढीगंगामा अढाई अर्ब लगानीमा खुल्दैछ सुपरस्पेसियालिटी हस्पिटल

बुढीगंगामा अढाई अर्ब लगानीमा खुल्दैछ सुपरस्पेसियालिटी हस्पिटल

विराटनगर । विराटनगरसँग सीमा जोडिएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा अढाई अर्ब लगानीमा नयाँ अस्पतालको शिलन्यास गरिएको छ । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना राउत परिवारले आर.आर.इन्टरनेशल अस्पतालको बुधबार शिलन्यास गरेको हो ।

विराटनगर ढाट उत्तरमा रहेको राउत कन्ट्रक्सन परिसरको अढाई बिघा क्षेत्रफलमध्ये पहिलो चरणमा १८ कठ्ठा जमिनमा इन्टरनेशनल अस्पतालको दुईवर्ष भित्रमा संरचना बन्नेछ । शिलन्यास समारोहमा शिवम् अर्गनाइजेशनका अध्यक्ष राजेन्द्र राउतले उद्योग–वाणिज्य र निर्माणबाट स्वास्थ्य सेवा क्षेत्रमा लगानी सुरु गरिएको जानकारी दिदैं आगामी तीनवर्ष भित्रमा सेवा प्रवाह सुरु गरिसक्ने जानका बताएका छन् ।
अस्पताल ३०० शै्यासम्म विस्तार गर्ने योजना राखिएको छ । आर.आर.इन्टरनेशल हस्पिटलका निर्देशक प्रतीक राउतका अनुसार प्रारम्भमा एकसय शै्याबाट सुरु हुनेछ । त्यसपछि २०० शै्याको मल्टिस्पेसियालिटी र ३०० सय शै्यामा विस्तारसँगै सुपरस्पेसियालिटी सेवाप्रदायक अस्पताल बनाउने लक्ष्य राखिएको हो ।

यस अस्पतालबाट जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य राखिएको छ । ‘गुणस्तरमा प्रतिस्प्रर्धा गर्ने लक्ष्यका साथ लगानी सुरु गरेका हौं’ अध्यक्ष राउतले भने–'सेन्टर अफ एक्सेलेन्स' को रुपमा विकास हुने अस्पतालले मुटु रोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक, कार्डियाक आकस्मिक, क्याथ ल्याब जस्ता सेवामा ध्यान दिनेछ ।
अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना राखिएको छ । यसैगरी सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने दावी छ । अस्पतालमा स्वास्थ्य सेवामा रोगको पहिचानलाई ध्यानमा राख्दै ‘डाइगोनेस्टिक डिपार्ट’ लाई अन्तराष्ट्रियस्तरको बनाउने दावी छ ।

अस्पतालका सञ्चालक राउत को हुन् ?
निर्र्माणाधीन अस्पतालका सञ्चालक अध्यक्ष राजेन्द्र राउत हुन् । लामो समयदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका उनी नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्वर अफ कमर्शका कार्यसमिति सदस्य हुन् ।

अलग किसिमको पारिवारीक पृष्ठभूमि र उद्योग व्यवसायको विरासत विना नै गार्मेन्ट निर्यात उद्योगबाट आफ्नो पहिचान वनाएका राउत, हाल चुनढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका छन् । उनी नेपालमा पहिलो माइनिङ उद्योग सञ्चालन गरेर सिमेन्टको कच्चा पदार्थ नेपालमै उत्पादन गर्न सकिन्छ भन्ने अभ्यासमा सफल भएका उद्योगी समेत हुन् ।

राउतको जुत्ता चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ, तथा ट्रेडिंग कारोबारमा लगानी र सफल सञ्चालनमा रहेका छन् । निकट भविष्यमै काठमाण्डौंमा अत्याधुनिक पाँचतारे होटल सञ्चालनमा ल्याउने अन्तिम तयारीमा रहेका छन् । यसैगरी विराटनगरमा हाउजिंग कम्पनी, पाँचतारे होटल र स्वास्थ्य सेवासंगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेडिकल, पारमेडिकल र नर्सिङ कलेज स्थापना गर्ने योजना राखेको राउतले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्