विराटनगरका फुटपाथ : हिड्ने बाटोमा बस्ने फलैंचा

<span class='c1'>विराटनगरका फुटपाथ : हिड्ने</span> <span class='c2'>बाटोमा बस्ने फलैंचा</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाको फुटपाथ व्यवस्थित छैन । मेनरोडका फुटपाथ व्यापारीका सामान सजाउन प्रयोग हुने गरेको थियो । बल्लतल्ल लामो प्रयासमा खाली भएका छन् । त्यस बाहेक सहायक र उपशाखा सडकमा अहिले महानगरपालिकाले बस्ने फलैंचा बनाएको छ । विराटनगरका १९ वटै वडाले आफ्नो मातहतमा रहेका सडकको फुटपाथमा फलैंचा बनाएको छ ।

फुटपाथमा राखिएका फलैंचामा यात्रुहरुले आराम गर्ने अवसर पाउनेछन् । सबै वडाले यो अवसरको सदुपयोग गरेका छन् । एकलाख रुपैयाँ वडाका लागि निकासा गरिएको थियो । प्रत्येक वडाले सात हजार ६९० रुपैयाँ प्रतिगोटा फलैचा राखेका हुन् ।

हिड्न साँघुरो हुने फुटपाथमा टोल र त्यसमा आवद्ध संघसंस्था समेतको संलग्नतामा फलैंचा राखिएका हुन् । राखिएका सबै फलैंचाको सदुपयोग भने भएको छैन । कतै साँघुरो फुटपाथमा फलैंचा राखिएको छ । जसको असर पैदल यात्रीलाई हिड्न असजिलो समेत देखिएको छ । कतै आफ्ना स्वर्गवास भएका अभिभावकको स्मृतिमा फलैंचा राखिएका छन् ।

केहि स्थानका पसल ब्यवसायिले उक्त फलैंचा आफ्नै पसल अगाडि ल्याएर राखेका छन् । यसरी जथाभावी फलैंचा राख्दा महानगरको बजेट व्यर्थमा खर्च भएको समेत देखिन्छ । विराटनगर वडा नम्बर ६ का वडाअध्यक्ष हरीसचन्द्र सहनीले एकलाखबाट १३ वटा फलैंचा राखिएको जानकारी दिएका छन् । उनका अनुसार फलैंचाका कारण ज्येष्ठ नागरिक, विद्यार्थी र पैदल यात्रुलाई आराम गर्नुपर्ने आवश्यक पर्दा सहज भएको छ । कतै–कतै भने निर्माण भएका फलैंचालाई झारले छोपिसकेको पनि देखिन्छ ।

निर्माण गर्ने तर संरक्षण नगर्ने प्रवृत्तिले नगरवासीले तिरेको कर व्यर्थमा खर्च भएको हो की भन्ने आशंका बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्