विराटनगरमा शुक्रबारदेखि ‘मोरङ व्यापार ट्रेड एक्स्पो’, प्रधानमन्त्रीले उद्घाटन गरेपछि दशदिनसम्म रमाइलो हेर्न पाइने

विराटनगरमा शुक्रबारदेखि ‘मोरङ व्यापार ट्रेड  एक्स्पो’, प्रधानमन्त्रीले उद्घाटन गरेपछि दशदिनसम्म रमाइलो हेर्न पाइने

विराटनगर । विराटनगरमा शुक्रबार (पुस ६ गते) उद्घाटन भई पुस १६ गतेसम्म सञ्चालन हुने मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु हुने एक्स्पोको तयारी पूरा भएको आयोजकले जानकारी दिइएको हो ।

मेला आयोजक समितिका संयोजक एवं मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहका अनुसार २४० स्टल बुकिङ भएका छन् । जर्मन प्रविधिको हेंगरमा निर्मित स्टलहरु पशुपतिनाथ र स्वयंभु प्यागोडा शैलीमा निर्मित रहेका छन् ।

एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानमा उत्पादन भएका वस्तुको अवलोकन र खरिद गर्न पाइने छ । आन्तरिक र अन्तरदेशिय उत्पादक र उपभोक्ताबीचको सम्बन्ध सुमधुर बनाउने लक्ष्य राखिएको छ । मेला स्थलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित कलाकारको उपस्थिति हुने दावी छ ।

सेल्फी जोन, किड्स जोनको सुविधा रहेको छ । चार करोड लागत अनुमान गरिएको मेलामा चारलाख अवलोकनकर्ता आउने अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्