जिल्ला ट्राफिक प्रहरीलाई जीवन विकासको सहयोग

<span class='c1'>जिल्ला ट्राफिक प्रहरीलाई</span> <span class='c2'>जीवन विकासको सहयोग</span>

विराटनगर । ट्राफिक प्रहरीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले कम्प्युटर सेट सहयोग गरेको छ ।

बिहीबार लघुवित्तले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई एउटा कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको हो ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतलाई डेल ब्रान्डको कम्प्युटर सेट र प्रिन्टर हस्तान्तरण गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत जनतालाई सहज सेवा प्रवाह र ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले कम्प्युटर हस्तान्तरण गरिएको मण्डलले बताए ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, संस्थाको सामाजिक विकास विभाग प्रमुख विजयकुमार मण्डल, तालिम विभाग प्रमुख रञ्जना निरौला लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्