देशमा लोभलाग्दो पर्यटक आगमन, विराटनगरमा जेनतेन चल्छ होटल

देशमा लोभलाग्दो पर्यटक आगमन, विराटनगरमा जेनतेन चल्छ होटल

विराटनगर । नेपालमा चालु आर्थिक वर्षमा दशलाख पर्यटक भित्रने आंकलन गरिएको थियो । नौलाख पर्यटक आर्थिक वर्षको नौ महिनाकै अवधीमा तेस्रो मुलुकबाट भित्रिसकेका छन् । यो देशका लागि खुशीको सन्देशले भने विराटनगरलाई खासै नछोएको यहाँका पर्यटन व्यवसायीहरुको गुनासो छ ।

पर्यटन व्यवसायी भवेश श्रेष्ठका अनुसार खुम्बु क्षेत्रले कोशीको पहाड र तराईमा पर्यटकको प्रतिनिधित्व गर्न सक्दैन । तेस्रो मुलुकका पर्यटक पहाडी क्षेत्रमा नगन्य र तराईका केहि क्षेत्रमा हजार जनामा दश जना मात्रै आईपुग्ने व्यवसायी श्रेष्ठ बताउँछन् ।
उनका अनुसार देशको पर्यटक आगमनको सन्देश विराटनगरले लिन नसक्नुमा छिमेकी देशसँग सरकारले सहजीकरण नगर्नु हो । जस्तै भारत, बंगलादेश वा भुटानबाट आउने पर्यटकका लागि सहजीकरण छैन । कोरोनाकालपछि तेस्रो मुलुकबाट भारत हुँदै काकडभिट्टाबाट भित्रने पर्यटकका लागि स्वीकृति छैन । यदि काकडभिट्टा अध्यागमन कार्यालयबाट प्रवेश पाउने सुविधा भए पर्यटक तराई हुँदै पहाडतर्फ जाने अवसर सिर्जना हुने व्यवसायी श्रेष्ठ बताउँछन् । ‘नभएपनि भारतीय पर्यटकलाई खुल्ला बोर्डर सदुपयोग गर्दै प्रवेश गर्दा ह्यारेसमेन्ट नहुने हो भने पनि विराटनगरसहित तराईका होटलहरुको अकुपेन्स बढ्ने थियो’ श्रेष्ठले भने–प्रदेश सरकारले यसको पहल लिए सबैका लागि सकारात्मक अवस्था आउने थियो ।

विराटनगरका होटलमा विवाह, सभा र सम्मेलनले कोरोनाकाल अगाडीको अवस्था फर्किएको छ । तर, त्यस बेलाको घाटा बेहोर्नका लागि ६०–७० अकुपेन्सी जरुरी हुन्छ । विराटनगरका होटल चल्न थालेपनि पर्यटकको भर न्यून रहेको छ । विराटनगरमा २० वटा ठूला तथा पर्यटकीयस्तरका होटल रहेका छन् । त्यस्तै लज होटलको संख्या १५० रहेका छन् । प्रदेशमा पाँचसय पर्यटकीय र तारे होटल रहेका छन् भने पाँच हजार लज होटल रहेका छन् ।

यदि होटलमा सधैं अकुपेन्सी बढाउने र चलाउने योजना दिर्घकालिन बनाउने हो भने भारतीय पर्यटकलाई सहज वातावरण आवश्यक पर्दछ । त्यसका लागि २५ हजार भारतीय रुपैँया मात्रै बोक्न पाउने सीमालाई बढाउनु पर्दछ । पाँचसय रुपैँया भारतीय नोट चल्न नदिने निर्णय पनि सच्याउन आवश्यक रहेको छ । भारतसँग खुल्ला सीमानाका भएका कारण पैसामा थुनछेक गर्दा त्यसले नकारात्मक प्रभाव छोडिरहेको छ ।
काकडभिट्टादेखि १७ किलोमिटर दुरीमा फुलबारी बोर्डर पर्दछ । तर, बंगलादेशका पर्यटक नेपाल आउनका लागि यो १७ किलोमिटरमा ‘बाई रोड’ हुँदै पाउँदैनन् । उनीहरु काठमाण्डौं पुगेर मात्रै कोशी प्रदेश आउनु पर्ने बाध्यता रहेको छ । त्यहाँका पर्यटक काठमाण्डौं आएर कोशीतर्फ नआई फर्कने गरेको उनको दावी छ ।

स्वास्थ्य क्षेत्रको कोटा हटाउँदा समेत असर
विराटनगरमा दुईवटा मेडिकल कलेज छन् । ती कलेजले विदेश विद्यार्थीका लागि छुट्याउँदै आएको कोटा घटाउँदा समेत विराटनगरका होटललाई प्रभाव परेको छ । पढ्न आउने विद्यार्थीका अभिभावक आउँदा नेपालका होटलमा बसेर फर्कन्थे । जसको प्रभाव सकारात्मक थियो ।

खोल्दैछ रेष्टुरेन्टले संभावना
विराटनगरमा नाङ्लो रेष्टुरेन्ट खुलेको थियो, त्यो बन्द भएपछि धेरैलाई चिन्ता थियो, अब रेष्टुरेन्टहरुमा लगानी नहोला । तर, नाङ्लो फर्किएपनि रेष्टुरेन्टमा लगानी राम्रो देखिएको श्रेष्ठको विश्लेषण छ । केएफसी खोलिएपछि त्यसले भारतीय पर्यटकलाई केहि आकर्षण थपेको छ, बाँकी रेष्टुरेन्टमा बाहिरका ग्राहकको जरुरी छ । प्रदेश राजधानीमा बाहिरबाट आउनेहरुले एक दिन बिताउने भएपनि भारतबाट आउने पर्यटकलाई सहज भए दैनिक समस्या नहुने उनको तर्कछ । तर, स्थानीय प्रशासनले ट्रायलको रुपमा भएपनि केहि महिना रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि स्वीकृति दिएर प्रभाव अध्ययन गर्नुपर्ने व्यवसायी श्रेष्ठ बताउँछन् । उनका अनुसार कोश् िप्रदेशमा आएका पाहुनाको बसँर्य लम्ब्याउने अन्तर जिल्ला र अन्तरपालिका सहकार्य समेत जरुरी छ । आफ्नो होटलमा आएका पाहुनालाई अन्य राम्रो ठाउँहरुको बारेमा जानकारी दिएर त्यहाँ पुग्ने वातावरण सिर्जना गर्न व्यवसायी समेत लाग्नुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्