विरेन्द्र सभागृहको पुनः निर्माण अन्तिम चरणमा

विरेन्द्र सभागृहको पुनः निर्माण अन्तिम चरणमा

इन्दु साह
विराटनगर । विरेन्द्र सभागृहको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । नगर विकास कोषको सहयोगमा महानगरपालिकाले बिरेन्द्र सभागृह प्रवलिकरण तथा पुनः निर्माणको काम गरिरहेको हो । समानान्तर जोशी, श्री ब्यन्कटेश जे\भीसँग २०७८ बैशाख ९ गते ठेक्का सम्झौता भई २० करोड लागतमा पुनः निर्माण थालिएको थियो ।

पुनः निर्माण तथा प्रवलिकरण गर्दै आएको कम्पनीले ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको प्रोजेक्ट म्यानेजर शेखर रायले जानकारी दिएका छन् । अहिलेसम्म ८१ प्रतिशत वित्तीय प्रगति कम्पनीले हाँसिल गरेको छ ।

दुई महिना भित्र निर्माण सम्पन्न गरीसक्ने रायको दावी छ । हल भित्रको केहि काम बाँकी रहेकोले त्यो सकेर सरसफाईपछि हस्तान्तरण गरिने छ । बिरेन्द्र सभागृहको निर्माण नयाँ प्रबिधिबाट बनाइएको छ । भवन भित्र सामान्य सिट ४२० वटा राखिएको छ । भिआईपी १२ सिट छन् । सन्चारकर्मिको लागि समेत यस पटक सेक्सन छुट्याएर सिट राखिएको छ । रायले अपाडगतामैत्री भवन बनाइएको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्