‘मोरङ व्यापार ट्रेड एक्स्पो’मा वर्ल्डलिंकले आफ्नो ग्राहकलाई फ्री वाईफाई दिने

‘मोरङ व्यापार ट्रेड एक्स्पो’मा वर्ल्डलिंकले आफ्नो ग्राहकलाई फ्री वाईफाई दिने

विराटनगर । नेपालको सबै भन्दा ठुलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्डलिंकले आजदेखि ‘मोरङ व्यापार ट्रेड एक्स्पो’ हुने स्थानमा आफ्ना सबै ग्राहकलाई नि:शुल्क वाईफाई दिने भएको छ ।

एक्स्पोको एन ५ मा आफ्नो स्टल राखेको वर्ल्डलिंकले अन्य भिजिटरलाई पनि सिमित मात्रामा नि:शुल्क चलाउन दिने गरि तयारी गरिएको कम्पनीले जनाएको छ।

वर्ल्डलिंकका नेपालभर संचालित १४५०० भन्दा ज्यादा वाईफाई हट्स्पट जस्तै एक्स्पो हुने स्थानमा सबै भिजिटरहरुको लागि हट्स्प्ट सेटटप गरिने र वर्ल्डलिंकको ग्राहकहरुले "myWorldLInk " मार्फत अटोमेटिक कनेक्ट भएर चलाउन सक्नेछन भने सबैले वर्ल्डलिंकको फ्री वाईफाई चलाउन सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

एक्स्पोलाई ध्यानमा राखेर विशेष छुटका अफरहरु ल्याउने तयारी गरिरहेको पनि वर्ल्डलिंकको विराटनगर शाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्