विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

<span class='c1'>विराटनगरबाट लागुऔषधसहित एक</span> <span class='c2'>जना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-१६ हुलास चौक स्थितबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो १२ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री ईटहरी उप-महानगरपालिका-५ का २७ बर्षीय प्रकाश मादेन लिम्बुलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित औषधी ४ एम्पुल र ५७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्