सास्थम कलेजमा नयाँ विद्यार्थीको ‘स्वागत तथा क्रिसमस डे’

सास्थम कलेजमा नयाँ विद्यार्थीको ‘स्वागत तथा क्रिसमस डे’

विराटनगर । विराटनगर १४ मलाया रोडमा रहेको साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) ले नयाँ विद्यार्थीलाई स्वागत साथै क्रिसमस डे मनाएको छ ।


कलेजले आइतबार एक भव्य साँस्कृतिक कार्यक्रम आयोजना गरि नयाँ विद्यार्थीको स्वागत गर्दै क्रिसमस डे मनाएको हो । कलेजका प्राचार्य देवराज श्रेष्ठ, अध्यक्ष रेवतबहादुर थापा, प्रवन्ध संचालक रोसन थापा, क्याम्पस मेनेजर महेश्वरप्रसाद सिंह, राप्रपाका नेता केदार कोइरालाले लगायतले पानसमा दियो बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।


सास्थममा अध्ययन गर्न आउने नयाँ विद्यार्थीको स्वागत गर्दै क्रिसमस डे र अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सांस्थमका विद्यार्थीले गायन, नृत्य, कमेडी , कविता लगायतका वेजोड सांस्कृतिक कार्यक्रम प्रस्तुत् गरेको सांस्थम कलेजका प्रशासन प्रमुख राजेश गुरुङले जानकारी दिए ।
कार्यक्रममा सहभागी अतिथी तथा विद्यार्थीहरुलाई कलेजका विद्यार्थी राजेश रायले स्वागत मन्तव्य बाचन गरेका थिए । रायले सास्थममा अध्ययन अध्यापनको अलावा प्रतिभा प्रस्फुटनका अतिरिक्त रचनात्मक क्रियाकलाप पनि हुने गरेको बताए । विद्यार्थीले कार्यक्रममा स्वागत नृत्य, तामाङ्ग नृत्य, समूह नृत्य, मैथिली नृत्य, रिमिक्स नृत्य, मारूनी नृत्य, नाटक, गायन, कविता एवं गजल प्रस्तुत गरेका थिए ।


प्रवन्ध संचालक रोशन थापाले नयाँ भर्ना भएका विद्यार्थीका लागि कार्यक्रमको आयोजना गरिएको बताए । उनले क्रिसमस र आउँदै गरेको अंग्रेजीको नयाँ वर्षलाई ध्यानमा राख्दै विद्यार्थीहरू सांस्कृतिक कार्यक्रम प्रस्तुत् गर्न हौस्यिएको बताए ।
विद्यार्थीले पठनपाठनसँगै विगत १ महिनाभन्दा बढी समयदेखि कार्यक्रमको लागि कसरत गर्दै आएका थिए । कार्यक्रम संचालक दर्शन बस्नेत, सेजल नेपाल, ऋषिराज साह र सफला थापा मगरले मिठो बोली र प्रस्तुतीद्वारा दर्शकलाई बाँधेर राख्न सफल भएका थिए ।


सन् आज भन्दा २२ बर्ष अगाडी ३ जना विद्यार्थीहरुबाट सुरु भएको कलेजले एउटा छुटै छाप बोकेको कलेजका अध्यक्ष रेवतबहादुर थापाले बताए ।
कलेजले यहाँ सम्मको फड्को मार्नुमा कलेजका कर्मचारी, शिक्षक —शिक्षिका ,विद्यार्थी तथा अभिभावकहरुको माया र सर्पोटले गर्दा भएको थापाको भनाई थियो । सास्थम कलेजमा अहिले व्याचेलर इन होटल म्यानेजमेन्ट, बीबीए र एमबीएको अध्ययन अध्यापन हुदै आएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्