विराटनगर–११ को स्वागत मार्ग कालोपत्रे गरेलगतै उक्कियो, पुनः मर्मत गर्न निर्देशन

<span class='c1'>विराटनगर–११ को स्वागत मार्ग कालोपत्रे गरेलगतै</span> <span class='c2'>उक्कियो, पुनः मर्मत गर्न निर्देशन</span>

इन्दु साह
विराटनगर । विराटनगर–११ मा स्वागत मार्ग कालोपत्रे गरिएको भोलिपल्टै उक्किएपछि ठेकेदार कम्पनीलाई पुनःमर्मत गर्न निर्देशन दिइएको छ । महानगरपालिकाका भित्रका धेरै सडकहरु कालोपत्रे गर्ने काम सुरु भएको छ । तर, गुणस्तरको काम नभएको स्थानीयले गुनासो गर्न थालेपछि त्यसको निगरानीमा समेत महानगरपालिकाले चासो बढाएको हो ।

स्वागत मार्गमा लापर्वाहीपूर्ण काम भएको भन्दै ठेकेदार कम्पनी तुलसा कन्ट्रक्सनको भुक्तानी रोक्नुपर्ने माग स्थानीयले गरेका थिए । स्थानीयले आवाज उठाएपछि महानगरपालिकाका योजना प्रमुख एवं इन्जिनियर अर्जुन थापाले सडक कालोपत्रको अवस्था बुझेर पुनः मर्मत गर्न निर्देशन गरेका हुन् ।

वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले मर्मत नगर्दासम्म ठेकेदार कम्पनीको रकम भुक्तानी नगरिने दावी गरेका छन् । कम्पनीले पञ्चमुखी चौक र स्वागत मार्गमा मूल्य अभिबृद्धि (भ्याट)सहित चालिस लाख रुपैँयामा ठेक्का सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्