एकले अर्काको अस्तित्व स्विकारे एकता र मित्रताको भाव पैदा हुन्छ

<span class='c1'>एकले अर्काको अस्तित्व स्विकारे एकता</span> <span class='c2'>र मित्रताको भाव पैदा हुन्छ</span>

-सुजता लिम्बू
विराटनगर। केही वर्ष अगडीको कुरा हो । आज संयोगले त्यो दिनको संवाद याद आयो । छिमेकी आन्टिले मुख खुम्चाउदै प्रश्न गरेकी थिइन्,‘तिम्रो त घरमा बुहारी क्रिश्चियन होइन ?’ आन्टिको प्रश्न सोध्ने तरिका र मुख बटराई खासै चित्त बेझ्दो लागेको थिएन । तर, उमेरको हिसाबले पनि आफूभन्दा ‘सिनियर‘ भएकाले एकै वचनमा आन्टिको प्रश्नको उत्तरलाई बिट मारिदिए ।
‘उत्तरमा भनिदिए : उम’

उनको प्रश्नको जवाफ मन लगाएर दिन नचाहेको मेरो मनसाय बुझिन क्यार पुनः बटारिएर आजकालका ‘केटा केटी’ बोलाई सक्नु छैन । अर्का धर्म मान्नेहरु के गत्तिलो हुँदो हो । भएको कुरा सोध्दा के भयो र ? बरबराउदै आफ्नो बाटो लागिन् । उनी नेपाल हिन्दु राज्य घोषणा हुनुपर्छ भन्दै वकालत समेत गर्ने गर्थिन् । त्यसो त पूजा गर्ने समय छोएको पानी चल्दैन भन्दै परपर हुन्थिन् । त्यसको ठ्याक्कै एकवर्षपछि उनको सामाजिक सञ्जाल फेसबुकका भित्तामा अमेरीकामा रहेका छोराबुहारी र नातीले क्रिसमस मनाएको तस्बिर पास्ट्याएको देखे । उनले फोटो पोष्ट गर्दै लेखेकी थिइन्, ‘क्रिसमसको शुभकामना मेरो सन्तान यसैगरी हाँसीखुशी भएको देख्न पाउ ।’ अन्टिलाई पछिल्लो भेटमा प्रश्न सोध्ने पालो मेरो थियो । र प्रश्न सोध्न पनि भ्याए,‘ क्रिश्चियन हुनु राम्रो होइन भन्नुभएको होइन आन्टि ? अनि फेसबुकमा त शुभकामना दिनुभए छ त ?
उनको जवाफ थियो : त्यो समयको माग हो ।

त्यसो त सन्तानले घर छाडे । परिवार वैदेशिक रोजगारीको शिलशिलामा अमेरीका नै पलायन भए । बेलामौका सन्तान भेट्न उतै पुग्छिन् । त्यसैले पनि होला आन्टिका मानसिकता र सोँचाई पहिले भन्दा फराकिलो बन्दै गएको । आजभोलि आन्टि सबै धर्मको अस्तित्व स्विकार्नुपर्छ भन्न थालेकी छिन् । यो एकदम सकारात्मक पाटो रहयो । त्यसो त भनिनन्छ, धर्मको जात, लिंग र विभेदहुँदैन । त्यसैले पनि हरेक धर्म र पर्वलाई स्विकार्दै खुशीका साथ मनाउन प्रेरित गर्दछ । हरेक धर्म र जातले मनाउने आफ्नै मौलिक पर्व हुन्छ । जसले एकअर्काको अस्तित्वलाई स्विकार्दै एकताको भाव पैदा गर्दछ । हिन्दुले मनाउने दशैँ, तिहार होस् या मुश्लिमले मनाउने इद वा आदीवासीले मनाउने उधौली, उभौली पर्व सबैले एकअर्काको संस्कार र संस्कृतिलाई बुझ्ने अवसर समेत प्रदान गर्दछ । यतिबेला क्रिश्चियन धर्मावालम्बिहरुको महान चाड क्रिसमसको रौनकले छाएको छ । सबै आ-आफ्नो क्षमता अनुसार क्रिसमस मनाइरहेका छन् । यस्तै मेरो घरको कुरा जोड्न चाहे, मेरी बुहारी क्रिश्च्यिन धर्मसँग आस्था राख्छिन् । तर, मेरो परिवार किँरात धर्मसँग आस्था राख्दछ । यसो भन्दै गर्दा हाम्रो परिवारमा धर्मको नाममा कुनै तनाव र विखण्डन हुने अवस्था सृजना भएको छैन । एकले अर्काको धर्म र पर्वलाई सम्मानका साथ स्विकार्दै आइरहेका छौँ । नेपलमा मनाइने सम्पूणर् चाँडपर्वलाई बुहारीले महत्वका साथ मनाउने गर्छिन् । क्रिसमसलाई पनि उत्तिकै महत्वको साथ मनाइने गरिन्छ । तर, पछिल्लो समय क्रिसमसको कार्यक्रममा सरिक हुँदा समेत नकारात्मक टिपणीहरुको समाना गर्नुपर्ने अवस्था छ । कोही हिन्दु, मुश्लिम वा क्रिश्चियन धर्म प्रति लगाब राख्नु वा धर्म परिवर्तन गर्नु उसको व्यक्तिगत स्वतन्त्रता भित्र पर्छ । तर कुनै पनि धर्म विषेश मनाइने पर्व मनाउदैमा नकारात्मक टिका टिप्पणी गर्नु भनेको मुर्खता हो जस्तो लाग्छ । बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीयले सझिएको सुन्दर नेपालमा एकले अर्काको धर्म र त्यही अनुसारको पर्वलाई स्विकार गर्नु एकले अर्काको अस्तित्वलाई सम्मानसहित स्विकार गर्नु पनि हो । जसले गर्दा एकता र मित्रताको भाव पैदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्