‘महानगर बहुप्राविधिक शिक्षालय’ विराटनगरका प्राचार्यमाथि हातपात भएको दावी

<span class='c1'>‘महानगर बहुप्राविधिक शिक्षालय’ विराटनगरका</span> <span class='c2'>प्राचार्यमाथि हातपात भएको दावी</span>

विराटनगर । विराटनगर महानगरपालिकाद्वारा सञ्चालित महानगर बहुप्राविधिक शिक्षालयका प्राचार्य र सिटिईभीटीका कर्मचारीबीचको विवाद सतहमा आएको छ । सिटिईभीटीबाट खटिएकी संगीता पोखरेल र शिक्षालयका प्राचार्य ई.परिवेश पराजुलीबीच विवाद एक अर्कामा गालीगलौज र हात हालाहालसम्मको अवस्थामा पुगेको हो ।

प्राचार्य पराजुलीले शिक्षालयमा उपस्थित हुन नसक्ने जनाउँदै गत पुस ८ गते सूचना टाँस गरेका थिए । उनले टाँस गरेको सुचनामा भनिएको छ–‘सिटिईभीटीबाट खटिनु भएको पूर्व कर्मचारी संगीता पोखरेलद्वारा शिक्षालयका प्राचार्यलनई गाली गलौज तथा हातपात भएको जानकारी गराउँदै सो को जानकारी विराटनगर महानगरपालिका संचालक समितिमा गराईसकिएको र त्यहाँ बाट सो कार्यहरुका लागि ठोस निर्णय तथा हल नआउन्जेल प्राचार्य शिक्षालयमा पूर्ण रुपमा उपस्थित हुन नसक्ने यसै सूचनामार्फत जानकारी गराइन्छ ।’

विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख कृष्ण भट्टराईले सिटिईभीटीबाट खटिनु भएको कर्मचारीको म्याद थप नगर्ने भन्ने विषय बाहेकका घटनाक्रम जानकारीमा नभएको बताएका छन् । महानगर बहुप्राविधिक शिक्षालय स्वायत्त ऐन अन्तर्गत सञ्चालित रहेको छ । यसको सञ्चालक समिति अध्यक्ष भने महानगरपालिका प्रमुख नै हुने प्रावधान रहेको छ । बहुप्राविधिक शिक्षालय सिटिईभीटीसँगको सहयोगमा विराटनगर महानगरपालिकाले स्थापना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्