विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ खोटाङका २५ बर्षीय मिलन राईलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ८६ मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्