‘मोरङ व्यापार ट्रेड एक्स्पो’ मा एसपीएलका ३५० प्रकारका सामान पाइने

<span class='c1'>‘मोरङ व्यापार ट्रेड एक्स्पो’ मा</span> <span class='c2'>एसपीएलका ३५० प्रकारका सामान पाइने</span>

विराटनगर । विराटनगरमा जारी ‘मोरङ व्यापार ट्रेड एक्स्पो’ मा प्लास्टिकका भाडा उत्पादन गर्दै आएको स्वस्तिक पोलिमर प्रालिका ३५० भन्दा बढी प्लास्टिकका सामाग्री राखिको छ ।

जारी व्यापार मेलामा स्वस्तिक पोलिमर प्रालिले ४ वटा स्टल लिएको छ । जसअन्तर्गत २७,२८,२९ र ३० स्टल नम्बरमा एसपीएल' ब्राण्डको सामान उपलब्ध रहेको छ।

स्वस्तिक पोलिमर प्रालि कम्पनीका मार्केटिङ मेनेजर शैलेस न्यौपानेका अनुसार भान्सादेखि बरण्डासम्मका लागि चाहिने सामान आफ्नो कम्पनीले उत्पादन गर्दै आएको छ । उनका अनुसार कम्पनीले उत्पादन गर्ने सामान खासै महँगो पनि छैनन् । फेरि सस्तो भएका कारण गुणस्तरमा कसैले औंलो उठाउने ठाउँ पनि नभएको न्यौपाने बताउँछन् । स्वस्तिक पोलिमर्सले २५ रुपैयाँमा पाइने साबुन राख्ने बट्टादेखि २५ सय रुपैयाँ पर्ने टेबलसम्मको उत्पादन र बिक्री गर्दै आएको कम्पनीले जनाएको छ ।

'एसपीएल' ब्राण्डको सम्पूर्ण घरायसी सामान खरिदमा विशेष छुटको व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ। कम्पनीको अनुसार ग्राहकहरुले खोजेको र रोजेको गुणस्तरीय प्लाष्टिकको सम्पूर्ण घरायसी सामान उपलब्ध रहेको छ ।

उपभोक्ताले सोचेका र खोजेका सामान पाइने कम्पनीको दाबी छ । किसानलाई चाहिने बाल्टिन, गृहिणी महिलालाई चाहिने मरमसला राख्ने बट्टा, दाल, चामलजस्ता दलहन, तेलहन जे राख्नुपरे पनि त्यसका लागि साइज–साइजका प्लास्टिक भाडा कम्पनीले उत्पादन गर्दै आएको बजार प्रबन्धक न्यौपानेले बताए । कम्पनीले मेलामा आउने ग्राहकलाई लक्षित गरेर बजार मूल्यभन्दा केही छुट पनि दिएको छ ।
त्यस्तै ग्राहक तथा मेला अवलोकनकर्तालाई लक्षित गरी स्टलमै सानो रमाइलो खेल पनि खेलाउने गरेको छ ।

खेल जितेअनुसार व्यक्तिले स्टलमा तत्कालै पुरस्कार पाउने व्यवस्था कम्पनीले मिलाएको छ । स्वस्तिक पोलिमर ५वर्षअघि मोरङको बुढीगंगा गाउँपालिकामा कम्पनी संचालन गर्दै आएको छ ।

उक्त कम्पनीमा विराटनगरका युवा व्यवसायी रमेश राठीसहितको समूहले सञ्चालनमा ल्याएका हुन् ।

कम्पनीको अधिकृत विक्रेता जगत लक्ष्मी सप्लायर्स विराटनगर शनि मन्दिर रोडमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्