विराटनगर महानगरको आयोजनामा नौमती पञ्चेबाजा सम्बन्धी तालिम सुरु

<span class='c1'>विराटनगर महानगरको आयोजनामा नौमती</span> <span class='c2'>पञ्चेबाजा सम्बन्धी तालिम सुरु</span>

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि नौमती पञ्चेबाजासम्बन्धी तालिम सुरु भएको छ ।

तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै उपमेयर कार्कीले महानगरले भौतिक संरचनाको विकास सँगसँगै अन्य क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले महानगरले सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, परम्परा र रितिरिवाज सम्मान गर्नुका साथै संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पछिल्लो समय सहर बजारमा समेत नौमती पञ्चेबाजाप्रतिको आकर्षण बढ्दै गएको उहाँको भनाइ थियो । उपमेयर कार्कीले नेपाली भौतिक संस्कृतिसँग जोडिएको नौमतीबाजाको संरक्षण र सम्वद्र्धनमा महानगर गम्भीर रहेको सुनाउनुभयो ।

तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर हुनसमेत कार्कीले आग्रह गर्नुभयो ।

तालिममा २७ जना सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्