एभरेष्टमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

एभरेष्टमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा दुई तहमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ६ र ७ तथा कक्षा ८ र ९ का विद्यार्थीहरु बिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

कक्षा ६ र ७ का विद्यार्थीहरुले ‘ग्लोबल वार्मिङ र पृथ्वीमा यसको असर’ विषयमा आफ्नो प्रस्तुती राखेका थिए भने कक्षा ८ र ९ का विद्यार्थीहरुले ‘हाम्रो शिक्षा प्रणालीमा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ को विषयमा तर्क गरेका थिए । प्रतिष्पर्धापछि कक्षा ६ र ७ को समूहबाट कक्षा ६ अन्नपूर्णकी जेनिशा दाहाल प्रथम र यीशुका बस्नेत द्धित्तिय हुनुभएको छ ।

तृतिय भने कक्षा ७ कञ्चनजंघाका प्रयास भण्डारी हुनुभयो । कक्षा ८ र ९ को समूहमा भने कक्षा ९ मकालुका दिवांशु न्यौपाने प्रथम हुँदा कक्षा ८ कञ्चनजंघाका समिप खनाल द्धित्तिय र कक्षा–८ धौलागिरीका अनिरुद्र सेढाईं तृतिय हुनुभएको विद्यालयकी अतिरिक्त कृयाकलाप ईन्चार्ज सुधा ढंगोलले बताउनुभयो । विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका निम्ति विभिन्न प्रतियोगिताहरु गर्दै आइरहेको छ ।

 

विद्यार्थीहरुको सर्वाङ्गिण विकास गर्दै विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुसार नै विभिन्न प्रतियोगिताहरु हुँदै आएको विद्यालयका भाइस प्रिन्सिपल नारायण कडरीयाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वक्तृत्वकला त सबैलाई अपरिहार्य नै छ, हामी चाहन्छौं हाम्रा विद्यार्थीहरुले आफूले जानेको विषय कौशलताका साथ जहाँकहीँ राख्न सकुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्