हिमालय रोडका व्यापारीसँग वार्ता गर्न महानगरपालिकाद्वारा समिति गठन

हिमालय रोडका व्यापारीसँग वार्ता गर्न महानगरपालिकाद्वारा समिति गठन

विराटनगर । विराटनगरको हिमालय रोडमा बनेका संरचना विरुद्ध आन्दोलनमा उत्रिएका व्यवसायीसँग छलफल गर्न महानगरपालिकाले वार्ता समिति गठन गरेको छ । व्यवसायिले अव्यवहारिक रुपमा योजना निर्माण गरेर अनावश्यक संरचना निर्माण गरेको भन्दै भत्काउन माग गरेपछि महानगरपालिकाले उनीहरुसँग वार्ता गरेर निचोड निकाल्ने तयारी थालेको हो ।

महानगरपालिका प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाका अनुसार भौतिक पूर्वाधार समितिका संयोजक एवं वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरिएको छ । समिति सदस्यमा विराटनगर–९ का वडा अध्यक्ष विश्वनाथ भगत र महानगरपालिका योजना प्रमुख ई.अजुन थापा लाई राखिएको छ । नयाँ स्वरुपको संरचना बनेको हिमालय रोड वडा नम्बर ९ मा पर्दछ ।

प्रशासन महाशाखा प्रमुख थपलियाका अनुसार वार्ता समितिले असन्तुष्ट व्यवसायीसँग वार्ता गरेर संरचनाको विषयमा निष्कर्ष निकाल्ने छ । त्यहाँ बनेका संरचना जरुरी हुने नहुने वा यथावत राखेर विकल्प दिनसक्ने विषयमा समितिले छलफल गर्ने कार्यादेश पाएको छ । हिमालय रोड संघर्ष समितिका सदस्य गंगाधर मैनालीले महानगरपालिकाले कुनै न कुनै निचोड दिनुपर्ने बताएका छन् । उनले जरुरी नै नभएको एकसय मिटर दुरीको सडकमा अनावश्यक स्थायी संरचना बनाउँदा समस्या भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्