विराटनगरको एभरेष्ट बैंकको एटीएम मेसिन तोडफोड

विराटनगरको एभरेष्ट बैंकको एटीएम मेसिन तोडफोड

विराटनगर । विराटनगरमा एक व्यक्तिले एभरेष्ट बैंकको एटीएम मेसिन तोडफोड भएको छ ।

विराटनगरमा चोरी गर्ने उद्देश्यले एभरेष्ट बैंकको एटीएम मेसिन तोडफोड गरिएको हो।

चोरी गर्ने उदेश्यले बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटीएम मेसिन तोडफोड भएको प्रहरीले जनाएको छ ।

एटीएम मेसिन फुटाएर चोरीको प्रयास गरेको मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘चोरी गर्ने उदेश्यले मेसिनको कभर फुटाएको देखिन्छ,’उनले भने,‘ रकम भने चोरी गरिएको छैन, घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।’

मध्यरातमा लाठी जस्तो देखिने वस्तुको सहारामा एटीएम मेसिन फुटाउने प्रयास भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्