विराटनगरमा गुरुङ समुदायले तमु ल्होसार साँस्कृतिक कार्यक्रम गरी मनाउदै

<span class='c1'>विराटनगरमा गुरुङ समुदायले तमु ल्होसार</span> <span class='c2'>साँस्कृतिक कार्यक्रम गरी मनाउदै</span>

विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायले तमु ल्होसार ( मुप्रि ल्हो) विविध साँस्कृतिक कार्यक्रम गरी मनाउने भएका छन् ।

तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद विराटनगर नगर ईकाई कमिटीले विराटनगरले बरगाछीमा रहेको कंचनजङ्गा व्याङ्गकुईटमा विविध साँकृतिक कार्यक्रम गरी तमु ल्होसार ( मुप्रि ल्हो) मनाउने तयारी गरेको छ ।

विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायले हरेक बर्ष विविध कार्यक्रम गरी ल्होसार पर्व मनाउदै आएको तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद विराटनगर नगर ईकाई कमिटीका सचिव राजेश गुरुङले जानकारी दिए ।


हरेक बर्ष पुष १५ लाई गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरी यो पर्व मनाउने गर्दछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्