विराटनगरमा आँखा उपचार गराउन आउने भारतीय घटे

विराटनगरमा आँखा उपचार गराउन आउने भारतीय घटे

इन्दु साह
विराटनगर । विराटनगरका आँखा अस्पतालमा उपचारका लागि आउने भारतीय नागरिकको संख्या घटेको छ । विराटनगरका आँखा अस्पतालमा सेवा लिन आउने नेपाली तथा भारतीय नागरिकको संख्या घट्दै गएको हो ।

विराटनगरका आँखा अस्पतालमा भारतका विरामी कम आउन थालेका छन् । अस्पलको स्थापना कालदेखिनै नेपालका नागरिक भन्दा भारतीय नागरिक बढी संख्यामा आउने गरेका कारण धेरै अस्पताल समेत खुलेका छन् । वडा नम्बर १७ मा अवस्थित विराटनगर आँखा अस्पताललाई नेपालकै सबैभन्दा अब्बल अस्पतालको रुपमा लिइन्छ । भारतीय बिरामी सस्तो र गुणस्तरीय उपचार हुनेभएकोले विराटनगर आँखा अस्पतालनै रोज्ने गरेका थिए । भारतबाट मात्र नभई बंगलादेशका नागरिक समेत उपचारका लागि आउने गरेका थिए ।

अस्पतालका प्रबन्धक कुमार पृथुका अनुसार शुक्रबार सार्वजनिक गरिएको सन् २०२३ सालको तथ्याङ्कमा ५ लाख ३७ हजार ६६७ जनाले सेवा लिएका छन् । जसमा ५६ प्रतिशत नेपाली र ४४ प्रतिशत भारत लगायत अन्य देशका नागरिकले उपचार सेवा लिएका छन् ।
अघिल्ला वर्षसम्म ४० प्रतिशत नेपाली र बाँकी भारत तथा अन्य मुलुकका थिए । दैनिक पन्ध्र सय जनाले अहिले पनि ओपीडी सेवा लिदै आएका छन् ।
भारतमा आँखासँग सम्बन्धित धेरै किसिमका समस्या देखिएपछि सरकारले शिविरमार्फत सेवा विस्तार गरेपछि नेपाल आउनेको संख्या कम भएको हुनसक्ने प्रवन्धक पृथुको भनाइ छ । भारतबाट आँखाको समस्या लिएर उपचार गराउन आउनेको संख्या उल्लेख्य भएपछि सीमा नजिकका शहरमा अस्पताल खोल्नेको संख्या समेत उतिकै रहेको छ । विराटनगर आँखा अस्पताल, रामलाल गोल्छा, बिराट आँखा, दिपज्योती र हाजी आँखा अस्पताल बढी चलेकामा पर्दछन् ।

यस बाहेक हस्पिटल चौकमा भास्कर आई पनि विराटनगरमा चिनिएकोमा पर्दछ । धेरै अस्पताल सञ्चालनमा आएपछि सेवाग्राही समेत बाँडिएका कारण समेत यस्तो हुनसक्ने अनुमान सरोकार वाला पक्षको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्