विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजना एवं ईलाका प्रहरी कार्यालय रानीको सहकार्यमा न्यानो कपडा बितरण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको प्रमुख आथित्यतामा आईतबार विराटनगर महानगरपालिका वडा न १६ स्थित मुसहर बस्तीमा ४० घर परिवारलाई न्यानो कपडा बितरण गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि अजिता देवकोटाले नेपाल प्रहरी श्रीमती संघ सामाजिक तथा मानबिय सेवामा निरन्तर क्रियासिल भएको बताउदै यसरी पिछडिएको समुदायलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । त्यस्तै कार्यक्रमलाई सहजीकरण गर्दै ईलाका प्रहरी रानीका प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्बासेले नेपाल प्रहरी श्रीमती संघको यो मानवीय एवं पुण्य कामले अल्पसंख्यक समुदायलाई ठुलो राहत पुगेको बताउनुभयो ।