विराटनगरमा गुरुङ समुदायको तमु ल्होसार (फोटो फिचर )

<span class='c1'>विराटनगरमा गुरुङ समुदायको तमु</span> <span class='c2'>ल्होसार (फोटो फिचर )</span>

विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायले तमु ल्होसार ( मुप्रि ल्हो) विविध साँस्कृतिक कार्यक्रम गरी मनाएका छन् ।


तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरले बरगाछीमा रहेको कंचनजङ्गा व्याङ्गकुईटमा आईतबार विविध साँकृतिक कार्यक्रम गरी तमु ल्होसार ( मुप्रि ल्हो) मनाएका हुन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउदै आएका छन् ।


हरेक बर्ष पुष १५ लाई गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरी यो पर्व मनाउने गरेका छन् । विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायहरु जातिय पोसाकमा भेला भई विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरी तमु ल्होसार पर्व मनाएका हुन् ।


नगर ईकाई कमिटीका कार्यबहाक अध्यक्ष कविमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बुढीगंगा गाँउपालीकाका अध्यक्ष जित नारायण थापा मगरले तमु ल्होसार पर्वको शुभकामना दिदै एक आपसमा बन्धुत्व, प्रेम, सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकताको सुत्रलाई बलियो बनोस भनि सदभाव प्रकट गर्नुभएको थियो ।


गुरुङ समुदायमा एकताबद्ध भएर हरेक बर्ष अझ यसलाई हर्सोल्लाका साथ मनाउन पनि आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रममा गुरुङ राष्ट्रिय परिषद् प्रदेश सदस्य अमृत गुरुङ, जिल्ला सदस्य जंग घले , नेपाल मगर संघ कुवेर राणा मगर, थारु कल्यणकारी नगर सभापति विद्यानन्द माझी, नगर कमिटी उपध्यक्ष विश्व बहादुर गुरुङ लगायतले तमु ल्होसारको शुभकामना दिएका थिए । कार्यक्रमलाई सचिव राजेश र सह सचिव भलि गुरुङले कार्यक्रम संचलान गर्नुभएको थियो ।


हरेक बर्ष विविध कार्यक्रम गरी मनाउदै आएको कार्यक्रममलाई आगामी दिनमा अझ भव्य रुपमा मनाउने संयोजक स्याम गुरुङले जानकारी दिनुभयो । आइतबार तमु ल्होसार पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्