नयाँ वर्षमा भारतबाट आउने पर्यटकलाई नेपाली टोपी लगाई स्वागत

<span class='c1'>नयाँ वर्षमा भारतबाट आउने पर्यटकलाई</span> <span class='c2'>नेपाली टोपी लगाई स्वागत</span>

विराटनगर । अग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा भारतबाट नेपाल आउने पर्यटकहरुलाई रानी नाकामा गिरी फाउण्डेशनले नेपाली टोपी लगाई स्वागत तथा सम्मान गरेका छन् ।

नेपाली सीमामा गिरी फाउण्डेशनका संयोजक अभिषेक गिरीले नेपाली टोपी खाँदा तथा मिठाई सहित स्वागत गरेका हुन् । पर्यटन प्रवद्र्धन र दुई देश बीचको सम्बन्ध अझ प्रगाढ बनाउन गिरी फाउण्डेशनको संयोजक अ गिरीले सोमबार बिहान नयाँ वर्षको दिन आफ्नो सहयोगीहरुलाई साथमा उनीहरुलाई स्वागत तथा सम्मान गरेका हुन् ।

उक्त स्वागत कार्यक्रममा विराटनगर महानगरपालिकाको १५ नं वडा का अध्यक्ष प्रकाश साह, नेपाली कांग्रेसको युवा नेता मो. फैयाज रैन, अबुल खान, समीम मियाँ (समुल्ला) लगाएत को सहभागिता रहेको थियो । गिरी फाउण्डेशनले विभिन्न समयमा विपन्न, गरीब असहाय मानिसहरूलाई सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्