विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो । नवस्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले शुभारम्भ गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ राजनीतिक दलका प्रतिनिधिहरुसँग चाँडै छलफल कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

कोशी प्रदेशमा दुई स्थानका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७४ सहित तीन सय ६७ जनाले मतदान गर्ने छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्