सुनचाँदी व्यवसायी संघ मोरङको अध्यक्षमा शशिभूषण साह पुन:चयन

<span class='c1'>सुनचाँदी व्यवसायी संघ मोरङको</span> <span class='c2'>अध्यक्षमा शशिभूषण साह पुन:चयन</span>

विराटनगर । नेपाल सुनचाँदी व्यवसायी संघ मोरङको अध्यक्षमा शशिभूषण साह सर्वसम्मतले चयन भएका छन् ।

संघको विराटनगरमा सम्पन्न १७ औं साधारण सभाले सर्वसम्मत रुपमा शाहलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको हो ।

यस अघि ११ सदस्यीय कार्यसमिति रहेको संघमा अब १७ सदस्य कार्यसमिति र ७ सदस्यीय सल्लाहकार समिति रहने व्यवस्था गरिएको छ । संघको उपाध्यक्षमा कमलेश अग्रवाल र दिनेश साह चयन भए । महासचिवको जिम्मेवारी कमलेश अग्रवाललाई दिइएको छ । विनोद साह कोषाध्यक्ष, प्रकाश मैनाली सचिव र मुकेश सोनी सहसचिव छन् । विनोद राठी, राजीव साह, ललित वेगवानी, आलोक राठी, दिपेन्द्र स्वर्णकार, तरुण अग्रवाल र सुनिल सोनी कार्यसमितिका सदस्य छन् ।

१७ औं साधारण सभाका प्रमुख अतिथी नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रिय अध्यक्ष मणिक रत्न शाक्यले नयाँ कार्यसमितिलाई शुभकमना व्यक्त गर्दै सुनचाँदी व्यवसायीलाई अझ सु-व्यवस्थित तथा नियमकारी बनाई अग्रगामी भुमिका खेल्न सरकार तथा सरोकारवाला नियकाले ध्यानाकर्षण गराउनु आवश्यक रहेको बताए । साथै सुनचाँदी व्यवसायीको सुरक्षाको निम्ती राज्यले पहल गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख दिपक पोखरेल नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शंम्भु कुमार झा लगायतले सुनचाँदी व्यवसायीहरुको हकहितको बारेमा बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्