कोभिड–१९ को सव भेरियन्ट जेएन–१ को जोखिम बढेको भन्दै विराटनगरमा सतर्कताका लागि छलफल

कोभिड–१९ को सव भेरियन्ट जेएन–१ को जोखिम बढेको भन्दै विराटनगरमा सतर्कताका लागि छलफल

विराटनगर । कोभिड–१९ को सब भेरियन्ट जेएन–१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेपछि विराटनगर महानगरपालिकाले समेत छलफल सुरु गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन–१ संक्रमण दर उच्च रहेको र छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । मन्त्रालयले सीमा जोडिएका जिल्लाहरुमा सतर्कता अपनाउन आग्रह गरेसँगै विराटनगर महानगरपालिकाले बुधबार नै छलफल राखेको छ ।

महानगरपालिका स्वस्थ्य महाशाखा प्रमुख हैदर अलीले के–के गर्ने भन्ने कुरा यकिन नभएपनि स्वास्थ्य मन्त्रालयले तोकेको माददण्ड कार्यन्वयनका विषयमा छलफल गरिने बताएका छन् । भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

कोभिड—१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु, सम्पूर्ण सरोकारवालाहरुमार्फत स्क्रिनिङ र निगरानी लाई चुस्त राख्ने तयारी सुरु गरिएकाृ छ ।
सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–सना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरुपको विकास हुन्छ । जसलाई नयाँ भेरियन्टको उत्पति भएको मानिन्छ । कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने विज्ञ बताउँछन् । तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्