राष्ट्रिय गौरवको आयोजनामा समेटिएको विराटनगर क्रिकेट रंगशालामा झाडी फाँडेर ‘क्लोज क्याम्प’

राष्ट्रिय गौरवको आयोजनामा समेटिएको विराटनगर क्रिकेट रंगशालामा झाडी फाँडेर ‘क्लोज क्याम्प’

विराटनगर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि प्रदेशस्तरीय छनौटका लागि मोरङको टोलिको ‘क्लोज क्याम्प’ विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भईरहेको छ ।

इलाम, झापा, मोरङ, सुनसरी र उदपयुर जिल्लाका टिमबीच प्रतिस्प्रर्धा गराएर प्रदेशस्तरीय टिम तयार पार्ने तयारी छ ।

‘क्लोज क्याम’ चलाउन खेलाडी लिएर रंगशालामा पुगेपछि पहिले त्यहाँको झाडी सफा गर्नुपर्ने अवस्था रहेको छ । मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मो.साद बाबु कुरैसीका अनुसार पाँच जिल्लाका टिम सहभागि गराउने गरि मोरङमा टिम तयार भएको छ । त्यसको ‘क्लोज क्याम्प’ गराउन क्रिकेट रंगशालामा पुग्दा झाडीले संभव नहुने भएपछि पहिले सरसफाई गर्नु परेको हो ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ । देशका तीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा बढाउने निर्णय गरिएको भएपनि कहिले अवस्थामा सुधार होला भन्ने चिन्ता सधैं जाग्ने गरेको अध्यक्ष कुरैसीले बताए ।

उनले सरकारले गरेको निर्णयका आधारमा प्रारम्भिक प्रक्रिया अगाडी बढेको वा नबढेको भन्ने विषय क्रिकेट संघलाई अहिलेसम्म थाहा नभएको बताए । तर, क्रिकेट रंगशालाको अहिलेको अवस्था भने बिजोग रहेको अध्यक्ष कुरैसीको भनाई छ । सामान्य क्लोज क्याम गराउन समेत समस्या छ, कहिले बन्छ र खुशी साट्न पाइने हो प्रतिक्षा गर्नु बाहेक केहि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्