विराटनगर । खेतमा रहेको परालभित्र लुकाई छिपाई राखेको ४५ केजी भन्दा बढी गाँजा मोरङ प्रहरीले बरामद गरेको छ ।
विराटनगर महानगरपालीका १८ झटियाई मुसरी टोल नयाँ बस्तीमा रहेको खेतमा राखेको परालभित्रबाट प्रहरीले ४५ केजी गाँजा बिहीबार बिहान बरामद गरेको हो ।
विशेष सुराकी पाएको आधारमा बुधनगर चौकीबाट खटिएका प्रहरी बरिष्ठ हल्लार महेन्द्र खड्काको नेतृत्वमा पुगेको टोलीले विराटनगर १८ बस्ने १९ वर्षीय नन्दु यादवलाई समेतलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय रानी विराटनगरको नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए।