विराटनगरमा सिलिक र फाइबर आईटमले विस्थापित गर्दैछ रुवा–भुवा र कपासका सिरक

विराटनगरमा सिलिक र फाइबर आईटमले विस्थापित गर्दैछ रुवा–भुवा र कपासका सिरक

इन्दु साह
विराटनगर । बजारमा उपलब्ध सिलिक र फाइबरका रेडिमेड सिरक भित्रिएपछि कपडा तथा कपासका सिरक बनाउनेहरुको व्यवसाय जाडोमा समेत खासै फस्टाउन सकेको छैन । रेडिमेड सिरकले बजार खिचेसँगै हातले सिलाएका सिरकको माग घट्दो रहेको छ । यसले जाडोमा हातले सिलाएर कपास तथा कपडा झुत्र्याएर सिरक बनाउनेहरु अलमलमा परेका हुन् ।

विराटनगर ९ सिद्धार्थ रोड छेउमा आयुसा खातुन र उनका श्रीमान अजिद खान हातले सिलाएर सिरक बनाउने गर्दछन् । तर, अहिले बजारमा यस्ता सिरकको माग घटेका कारण उनीहरुको जाडोमा न्यून व्यापार भएको हो ।

दशवर्षदेखि सिरक बनाउँदै आएका उनी यो वर्ष अझै व्यापार घटेको बताउँछन् । उनले विगतमा एकै दिन तीन थानसम्म सिरक तथा ढसना बनाएर बिक्री गर्दै आएका थिए । यो वर्ष जाडो यामको पुस महिना सकिन लाग्दा समेत सिरक खरिद गर्न आउनेहरु कम रहेको सुनाउँछन् । तीनचार थानसम्म दैनिक माग आउँदा कमाई थियो, यो वर्ष एक थान मात्रै सिरक बिक्री भईरहेको बताए ।

शहर बजारमा आकर्षक देखिने न्यानो सिरकहरु रेडिमेड जताततै पाईने गरेको छ । सिरकको ठाउँमा ब्लाङ्केटले बजार लिएको हो । मूल्यमा पनि सस्तो र हल्का तथा न्यानो हुने भएकोले हातले सिलाएर बनानउे सिरकमा खासै चासो राख्न छोडेको उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्