विराटनगर । विद्यार्थीहरु नियमित विद्यालय नआएपछि विराटनगर महानगरपालिका ९ मा रहेको सरस्वती माध्यमिक विद्यालयले विद्यार्थीलाई नियमित उपस्थिति गराउन परिक्षामा रोक लगाएको छ ।
विद्यार्थीहरु नियमित विद्यालय उपस्थित नभएपछि आइतबार हुने परिक्षा अभिभावक लिएर आएपछि मात्रै परिक्षा दिन लगाउने भन्दै उनीहरुलाई घर फर्काइएको विद्यालयकी प्राचार्य अनिता नेपालले बताइन्।
‘शुल्क नतिरहेको भनेर होइन,कुनैपनि विद्यार्थीहरु नियमित उपस्थित नभएपछि उनीहरुलाई अभिभावक लिएर आउनु भनेर पठाएका हौँ, उनले भनिन्, अभिभावक लिएर आएपछि यही परिक्षा दिने पाउछोँ भनेको हो विद्यार्थीहरुको हितका लागि हो यस्तो गरिएको’ नियमित विद्यालय नआएपछि उनीहरुले कसरी परिक्षा दिन सक्छन् ? प्रश्न गर्दै उनले अभिभावकले पनि आफ्नो बालबालिकालाई नियमित विद्यालय आए या आएका छैनन भन्ने बुझ्न पर्ने भएकाले यस्तो गरिएको उनको भनाई थियो । उनले भनिन्,‘सरकारी विद्यालयमा शुल्क नतिरेको भनेर परिक्षा दिनबाट बञ्चित गर्ने भन्ने हुँदैन । नियमन गर्नलाई मात्रै हो ।’
यता, विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण भट्टराईले स्कुलमा सम्पर्क गर्दा विद्यालयको प्राचार्यले अभिभावकसँग छलफल र सल्लाह गर्नका लागि यस्तो गरिएको भन्ने जानकारी आएको बताए । ‘जुनसुकै कक्षामा परिक्षा दिनबाट रोक्न पाइदैन र परिक्षा दिलाउनु भन्ने कुरा गरेका छौँ उनले भने,’बच्चाहरुले परिक्षा दिन पाउछन् ।’