विराटनगरमा नौ महिना बितिसक्दा समेत एउटा ट्राफिक लाइट जडान भएन

विराटनगरमा नौ महिना बितिसक्दा समेत एउटा ट्राफिक लाइट जडान भएन

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले मेन रोडका तीन स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना गत आर्थिक वर्षमै राखेको थियो । तीनपैनी, जलजला मोड र ट्राफिक चौक÷हस्पिटल चौकमध्ये एकलाई छनौट समेत गरिएको थियो ।

स्थान छनौट गरेका बाँकी ठाउँको खासै चासो नभएपनि जलजला चौकमा ट्राफिक लाइट जडान गरिहाल्ने भन्दै २०८० साल असारमा केहि काम सुरु गरियो । त्यहाँ लाइट स्टेण्ड (पोल) समेत निर्माण गरियो । तर, एउटा फलामको पोल र त्यसमा बत्ति स्टल गर्ने काम भने असारदेखि पुस सकिदाँसम्म सुरु भएको छैन । महानगरपालिकाको नगर प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत कात्तिकमा पुनः ट्राफिक लाइट जडान गर्ने काममा चासो राखेको थियो ।

त्यस बेला ट्राफिक लाइट स्टलेसन गर्न कोटेसन हालेका बिशाल कार्की लाई समेत फिल्डमै ल्याएर कुराकानी गरिएको थियो । तर, कात्तिक यताका दुई महिनामा समेत ट्राफिक लाइट अझै जडान भएन । लाइट जडान नहुने मात्रै हैन अहिले त महानगरपालिकामा यसको बारेमा प्रश्न गर्दा समेत सबै तर्कन थालेका छन् । खासमा कोटेशनबाट सुटुक्क काम दिएका कारण योग्य निर्माणकर्ता नभएर यस्तो समस्या भएको दावी कर्मचारीहरु नै बताउँछन् ।

कोटेसनमार्फत दिइएको काम अहिले काम गर्नेबीच नै तालमेल नमिलेर अल्मलिएको हो । यद्यपी कामको जिम्मेवारी लिएका बिशाल कार्कीले भने फोन सम्पर्क गर्दा रिसिभ गरेनन् । बिद्युतसँग सम्बन्धित काम भएकोले इलेक्ट्रोनिक्स क्षेत्रका कार्कीसहितको समूहले ट्राफिक लाइट जडानका लागि कोटेसनमार्फत दश लाखमा सम्झौता गरेका थिए । अहिलेसम्म उनीहरुले रकम लिएका छैनन् र काम समेत सुरु नगरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्