विराटनगरसहित विभिन्न स्थानबाट एकसय बढी मोटरसाइकल चोरीमा संलग्न आरोपीका अपराधका सिलसिला

विराटनगरसहित विभिन्न स्थानबाट एकसय बढी मोटरसाइकल चोरीमा संलग्न आरोपीका अपराधका सिलसिला

विराटनगर । विभिन्न अपराधिक गतिविधिमा संलग्न रहि थुप्रै मुद्दा खेपिसकेका सुनसरी हरिनगरा ६ का ४० वर्षीय नजाम अन्सारीले एकसय बढी संख्याका मोटरसाइकल चोरी गरेर भारतमा पु¥याई बिक्री गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विशेष अपरेसन सञ्चालन गरेर सुनसरी र मोरङमा योजनावद्ध मोटरसाइकल चोरीमा संलग्न नजामसहित अर्का सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का २३ वर्षीय निकाईल अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गर्दा घटनाका सिलसिला खुलेका हुन् ।

प्रहरी अपरेशनमा पक्राउ परेका यी दुई व्यक्तिले एकसय बढी मोटरसाइकल चोरी गरेर भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहामा पु¥याएर बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरुलाई प्रहरीले गत मंसिर २९ गते विराटनगरबाट पक्राउ गरेको थियो । मोटरसाइकल चोरी गर्दागर्दै सिसिटिभी फुटेज निगरानीबाट पक्राउ परेका उनीहरु विरुद्ध प्रहरीले लामो समयसम्म अनुसन्धान गरेको छ । पक्राउ परेका नजाम अन्सारीको साथबाट अवैध लागु औषध ब्राउन सुगर १.०३ ग्राम समेत बरामद भएको थियो ।

उनी विरुद्ध लागुऔषध कसुरमा समेत अनुसन्धान भएको छ । प्रहरीले लागुऔषध कसुर र चोरी कसुरमा अनुसन्धान सकाएर प्रतिवेदन जिल्ला सरकारी वलिकको कार्यालयमा पेश गरेको छ । मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार २०८० भदौ १० गते विराटनगर–२ बन्जरा चोकमा पार्किङ गरी राखेको को २६ प ७७७६ नम्बरको होण्डा साईन मोटरसाईकल, २०८० असोज १५ गते विराटनगर–४ नोवेल अस्पताल परिसरबाट को ४३ प ४८०४ नम्बरको सुपर स्प्लेण्डर, २०८० मंसिर ६ गते विराटनगर–७ सेन्ट्रल मलको अण्डरग्राउण्ड पार्किङबाट को १० प ९५६६ नम्बरको स्प्लेण्डर मोटरसाईकल, २०८० मंसिर ८ गते विराटनगर–९ गुद्री बजारबाट को २८ प ७८१५ नम्बरको यमाहा कम्पनीको मोटरसाईकल, २०८० मंसिर ९ गते विराटनगर–७ कोशी अस्पतालबाट को.२५ प १८११ नम्बरको होण्डा सिवि हर्नेट मोटरसाईकल, २०८० मंसिर २२ गते नोबेल अस्पतालको पार्किङ स्थलमा पार्किङ गरि राखेको को २९ प ५५४ नम्बरको हिरो स्प्लेण्डर मोटरसाईकल चोरी गरेको पाइएको छ ।

यसैगरी २०८० मंसिर २७ गते विराटनगर–६ भाटभटेनी सुपरमार्केटको पार्किङ स्थलमा पार्किङ गरी राखेको होण्डा कम्पनीको को. २१ प ५८९४ नम्बरको साईन सिवि मोटरसाईकल चोरी गरेको खुलेको छ । उनीहरु विरुद्ध सात वटा चोरी सम्बन्धी र अवैध लागुऔषध मुद्दामा अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय मोरङमा प्रतिवेदन पेस गरिएको प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।

नजामको पूर्व आपराधिक पृष्ठभूमि
पक्राउ प्रतिवादीमध्ये नजाम अन्सारी विगतमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ । उनी विरुद्ध २०५९ मंसिर ८ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट चोरी कसूरमा मुद्दा दर्ता भएकोमा अनुसन्धान पश्वात मिति ३० गते मोरङ जिल्ला अदालतबाट पाँच हजार धरौटी माग भई थुनामा गएको देखिएको छ । यसैगरी २०६७ पुस २० गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भएकोमा अनुसन्धान पश्चात पुस १० गते जिल्ला प्रशासन कार्यालय सुनसरीबाट हजार धरौटी माग भएको देखिएको छ ।

यसैगरी २०७२ जेठ २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भएकोमा अनुसन्धान पश्चात असार ७ गते जिल्ला प्रशासन कार्यालय सुनसरीबाट तीन हजार धरौटी माग भएको थियो । २०७६ माघ २० गते जिल्ला प्रहरी कार्यालय मोरङबाट जवरजस्ती करणी कसूरमा मुद्दा दर्ता भएकोमा थियो भने २०७९ कातिक १५ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट बैकिङ कसूरमा मुद्दा दर्ता भएको थियो । चोरी गरी भारतीय बजारमा बिक्रि गरिएका मोटरसाईकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्