नेपालमा पहिलो पटक कोरोना भारइसको नयाँ सव-भेरियन्ट ‘जेएन.१’ पुष्टि

नेपालमा पहिलो पटक कोरोना भारइसको नयाँ सव-भेरियन्ट ‘जेएन.१’ पुष्टि

काठमाडौं । कोरोना भारइसको नयाँ सव-भेरियन्ट 'जेएन.१' नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटा नमुनामा परीक्षण गर्दा जेएन.१ पुष्टि भएको जानकारी दिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन. १ पुष्टि भएको हो ।

कोभिडको नयाँ सब भेरियन्ट 'जेएन.१' पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ ।

कोरोना सङ्क्रमण फैलन नदिन भिडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेका छन्।

सङ्क्रमण र सङ्क्रमणको फैलावट रोकथाम गर्नका लागि हामी सबै जनस्वास्थ्यको मापदण्डहरू ( भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुन पानीले हात धुन) अनिवार्य रूपमा पालना गर्न गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैमा अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्