विद्यार्थीलाई परीक्षामा रोक लगाएपछि सरस्वती मा.विलाई विराटनगर महानगरले सोध्यो स्पष्टीकरण

विद्यार्थीलाई परीक्षामा रोक लगाएपछि सरस्वती मा.विलाई विराटनगर महानगरले सोध्यो स्पष्टीकरण

विराटनगर । नियमित विद्यालय उपस्थित नभएका विद्यार्थीलाई परीक्षामा रोक लगाएपछि सरस्वती माध्यमिक विद्यालयलाई विराटनगर महानगरपालिले स्पष्टीकरण सोधेको छ।

विराटनगर महानगरपालिकाले विद्यालयसँग ३ दिनभित्र लिखित जवाफ पेस गर्नेगरी स्पष्टीकरण सोधिएको हो ।

महानगरपालिकाले जारी गरेको स्पष्टीकरण यस्तो उल्लेख गरिएको छ , 'त्यस विद्यालयसँग सम्बन्धित भई परीक्षा शुल्क नतिरेको कारण विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएको भनी आएको समाचारको विषयलाई लिएर महानगरको गम्भीर ध्यानाकर्षण भएकोले यस सम्बन्धमा के भएको हो? भनी महानगरले स्पष्ट पार्न विद्यालयलाई भनेको छ। ‘के कति कारणबाट कति जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन, महानगरपालिकाले सोधेको स्पष्टीकरणमा भनिएको छ, विद्यालयले कुन कुन शीर्षक र कानुनी आधारमा विद्यार्थी र अभिभावकसँग शुल्क, सहयोग रकम लिने गरेको छ ?’

विद्यार्थीहरु नियमित विद्यालय नआएपछि विद्यार्थीलाई नियमित उपस्थिति गराउन परिक्षामा रोक लगाएको सरस्वती माध्यमिक विद्यालयको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्