अठार वर्षदेखि ‘चोरी’ मा प्रहरीलाई हैरान पार्ने नजाम : जसले मोटरसाइकल बिक्री गरेर मुद्दाको दसी मेटाउँथे र चोर्ने आँट बटुल्थे

अठार वर्षदेखि ‘चोरी’ मा प्रहरीलाई हैरान पार्ने नजाम : जसले मोटरसाइकल बिक्री गरेर मुद्दाको दसी मेटाउँथे र चोर्ने आँट बटुल्थे

विराटनगर । सुनसरी हरिनगरा–६ का ४० वर्षीय नजाम अन्सारीलाई २०५९ साल मंसिर ८ गते पहिलो पटक चोरी कसुर आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनी विरुद्ध मोरङ जिल्ला अदालतले २०५९ मंसिर ३० गते पाँच हजार धरौटी माग गरेको थियो । उनी उक्त धरौटी रकम राख्न नसक्दा थुनामा परेका थिए । कैद भुक्तानपछि उनी छुटे । पहिलो पटक कैद भुक्तान गरेर बाहिर निस्किएका उनी पुनः २०६७ पुस २० गते सुनसरी प्रहरीको नियन्त्रणमा परे । केही सार्वजनिक अपराधमा उनी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएकोमा माघ २ गते नौ हजार धरौटीमा छुटे ।

उनी पहिलो र दोस्रो पटक मुद्दा खेपेको बीचको समयमा पनि जर्बरजस्ती करणी, बैकिङ कसूर जस्ता मुद्दा खेपिसकेका छन् । पछिल्लो पटक २०८० मंसिर २९ गते विराटनगरबाट मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ परेका नजाम विरुद्ध २०६७ पछि धेरै यस्ता मुद्दा दर्ता भईसकेका छन् । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार १८ वर्षदेखि नजाम सिलसिलेवार रुपमा चोरीमा संलग्न देखिएका छन् । अनुसन्धानका क्रममा नजामले प्रहरीलाई हालसम्म एकसय बढी मोटरसाइकल चोरी गरिसकेको लेखाएका छन् । जसमध्ये पछिल्लो समय विराटनगर र आसपासमा चोरी भएका मोटरसाइकलको स्थान नजिकका सिसी टिभी फुटेज अध्ययन गर्दा सबै घटनामा उनै नजाम देखिएको प्रहरीको दावी छ ।

‘चोरी गरेका मोटरसाइकल भारतमा बिक्री गर्ने गर्थे, चोरीको सामान अदालतमा दसीको रुपमा बुझाउन नसक्दा उनी छुट्ने गर्दथे’ प्रहरी नायव उपरीक्षक दाहालले भने–दसी मेटाउन बिक्री गर्थे, अनि पुनः चोर्ने आँट बटुल्थे । नजामलाई हाम्रो न्याय निरुपणको कमजोरी बारे राम्ररी जानकारी भएकैले मोटरसाइकल चोरी गर्न साथ उनले सीमा कटाउने गरेको प्रहरीको बुझाई छ । सिस्टमको फाइदा उठाएर बारम्बार चोरी गर्ने गरेका उनी पछिल्लो समय पक्राउ परेपछि तोकिएको धरौटी बुझाउन सक्ने भएका थिए ।

मोरङ प्रहरीले बारम्बार मोटरसाइकल चोरी हुने र हराएका मोटरसाइकलमा भारतबाट लागुऔषध भित्र्याउने, नेपालमा गाँजा ओसारपसार गर्ने र मदिरा ओसार्ने काममा प्रयोग भएको निष्कर्षसहित विशेष अपरेसन सञ्चालन गरेर नजामलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनले चोरी गरेका स्थानका बारेमा बताए अनुसार सिसीटिभी फुटेज हेर्दा उनै संलग्न भएको पाइएको थियो ।

यहाँ चोरी गरेका मोटरसाइकल भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहा लगायतका बजारमा लगेर बिक्री गर्दथे । पछिल्लो समय उनले अर्का पार्टनर समेत बनाएका थिए । संगठित रुपमा चोरीमा संलग्न उनलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ का २३ वर्षीय निकाईल अन्सारीले साथ दिदैं आएका थिए । उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानपछि आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गरेको छ । यस पटक नजाम पक्राउ पर्दा उनको साथबाट ब्राउन सुगर समेत बरामद भएबाट उनी लागुऔषध कारोबारी समेत भएको देखिन्छ ।

पछिल्लो समय चोरी भएका मोटरसाइकल
१) मिति २०८०-०५-१० गते मोरङ जिल्ला विराटनगर–२ बन्जरा चोकमा पार्किङ गरी राखेको को २६ प ७७७६ नम्बरको होण्डा साईन मोटरसाईकल ।
२) मिति २०८०-०६-१५ गते मोरङ जिल्ला विराटनगर–४ नोवेल अस्पताल परिसरबाट को ४३ प ४८०४ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल ।
३) मिति २०८०-०८-०६ गते मोरङ जिल्ला विराटनगर( ७ सेन्ट्रल मलको अण्डरग्राउण्ड पार्किङमा पार्किङ गरी राखेको को १० प ९५६६ नं. को स्प्लेण्डर मोटरसाईकल ।
४) मिति २०८०-०८-०८ गते मोरङ जिल्ला विराटनगर–९ गुद्री बजारबाट को २८ प ७८१५ नम्बरको यमाहा कम्पनीको मोटरसाईकल ।
५) मिति २०८०-०८-०९ गते विराटनगर–७ कोशी अस्पताल परिसरबाट को।२५ प १८११ नं. को होण्डा कम्पनीको सिवि हर्नेट मोटरसाईकल ।
६) मिति २०८०-०८-२२ गते मोरङ जिल्ला बिराटनगर–४ नोबेल अस्पतालको पार्किङ स्थलमा पार्किङ गरि राखेको को २९ प ५५४ नं. को हिरो कम्पनीको स्प्लेण्डर मोटरसाईकल ।
७) मिति २०८०-०८-२७ गते मोरङ जिल्ला विराटनगर–६ भाटभटेनी सुपरमार्केटको पार्किङ स्थलमा पार्किङ गरी राखेको होण्डा कम्पनीको को। २१ प ५८९४ नम्बरको साईन सिवि मोटरसाईकल ।

चोरीको मोटरसाइकलको आपराधिक दुरूपयोग
चोरी गरी भारतीय बजारमा बिक्रि गरिएका मोटरसाईकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाईएको छ । चोरीमा संलग्न गिरोहको पक्राउ पश्चात मोटरसाईकल चोरीका घटनामा समेत ठूलो मात्रामा कमी आएको प्रहरीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्