विराटनगरमा घर पालुवा कुकुरबाट सडकमा फोहोर : के नियन्त्रणमा लिएला महानगरले ?

विराटनगरमा घर पालुवा कुकुरबाट सडकमा फोहोर : के नियन्त्रणमा लिएला  महानगरले ?

प्रेम देवान
विराटनगर । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साहले गरेको निर्णयहरु मुकुलभर क्षण भरमा नै चर्चाको विषय बनिदिन्छ । सडकको फुटपाथदेखी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ किनबेचमा रोक होस या सरकारी जग्गा ओगटेर बसेकालाई हटाउने निर्णय । उनले जति पनि महानगरभित्र नयाँ–नयाँ योजनाका निर्णयहरुले गर्दै जान्छन् त्यति चर्चा र कार्यान्वयनमा समेत सार्थकता पाएका छन् ।

अहिले फेरी अर्को निर्णयले मुलुकका ठूला शहरलाई आकर्षित गरिरहेको छ । त्यो हो घरमा कुकुर पालेर सडकमा हगाउनेहरुलाई नियन्त्रण लिने कार्य । सडकमा कुकुर तानेर हिडिरहेका धनीलाई झ्याप झ्यापी पक्रर्दै कारबाही थालेका छन् । जसले राजधानी काठमाडौँका गल्ली कुकुरको दिसापिसाब बिहीन हुने संभावना भएको छ । काठमाडौँ महानगरपालिकाले थालेको यो अभियानलाई सबैले धन्यवाद र स्यावासी समेत दिएका छन् । सोमबार मात्रै काठमान्डौ महानगरपालिकाको नगर प्रहरीले १ दर्जनभन्दा बढी घरपलुवा कुकुर सहित घरधनीलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको हो ।

काठमाडौँ जस्तै विराटनगरमा समेत घरमा कुकुर पालेर सडकमा हगाउनेहरुको संख्या उल्लेख्य छ । यो विषय पटक पटक उठ्दै आएको पनि छ । सार्वजनिकस्थल र सडक क्षेत्रमा घरपलुवा कुकुरलाई दिसापिसाब गराउन रोक्ने विषयमा छलफल भईरहेको महानगरको पशुपक्षी महाशाखाले जनाएको छ । विराटनगर महानगरपालिका पशुपक्षी महाशाखा प्रमुख शुभनारायण यादवका अनुसार सार्वजनिक स्थलमा घरपालुवा कुकुरहरुलाई दिसापिसाब नगराउने विषयमा लामो समयदेखी कुराकानी भएको तर बोर्डले पास गरेपछि मात्रै यसलाई कार्यन्वयनमा लगिनेछ ।

महानगरमा यस विषयमा पटक पटक कुरा उठ्दै आएको छ यादवले भने’,आम नागरिकको चासोको विषय पनि भएकाले यो निर्णयलाई अगाडी सारेका छौँ ।’ तर बोर्डको निर्णयपछि यसलाई अगाडी बढाईनेछ यादवको भनाई छ । विराटनगरका केही हुने खानेले पनि घरका कुकुरलाई बाहिर सार्वजनिक स्थलमा लगेर दिसापिसाब गराउने गरेका थुप्रै दृष्य देख्न सकिन्छ । विरानगरका ५ का उद्धव बहादुर केसीले त लामो समयदेखी यस विषयमा आवाज उठाउदै आएका पनि छन् । उनले घरका भित्तामा पनि बाटोमा दिसापिसाब गराउनेलाई तुच्छ नाम दिएका छन् ।


विराटनगरमा सामुदायिक कुकुरको आतंक
विराटनगर महानगरपालिकामा अहिले ४ हजार भन्दा बढी कुकुर छन् । हरेक दिन १ देखी ३ जना सम्मलाई टोक्ने गरेको तथ्याङ्गक छ । तर विराटनगर महानगरपालिकाले यसको दीर्घकालीन व्यवस्थापन गर्न सकिरहेको छैन । गएको बर्ष मात्रै १६ सय भन्दा बढी सामुदायिक कुकुरहरुलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गराएको पशुपक्षी विभागका शुभनारायाण यादवले जानकारी दिएका छन् ।

महानगरले यसैबर्ष पनि ४ सय सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गर्दै रेविजको सुई हान्ने तयारी छ । महानगरसँग दीर्घकालीन रुपमा समाधान गर्ने कान्जी हाउसको समेत अभाव छ । पक्राउ परेका कुकुर कहाँ राख्ने भन्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्