विराटनगरका सडक पार्किङमा शुल्क, सार्वजानिक पार्किङ गरे निःशुल्क

<span class='c1'>विराटनगरका सडक पार्किङमा शुल्क,</span> <span class='c2'>सार्वजानिक पार्किङ गरे निःशुल्क</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्नेसँग अब शुल्क लिने तयारी गरेको छ । सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङको अवधारणा कार्यान्वयन गर्न सशुल्क पार्किङ सुविधा दिने भएको हो ।

विराटनगर महानगरपालिकाले गत बैशाखदेखि सडक पार्किङ हटाएर सार्वजानिक पार्किङस्थलको अवधारणा सुरु गरेको थियो । बजार क्षेत्रका व्यापारीले विरोध गरेपछि दशैंमा व्यापार सहजीकरणका नाममा खुल्ला गरिएको थियो । त्यसपछि महानगर आफ्नो पुरानो निर्णयमा फर्कन सकिरहेको छैन । तर, अब सडकमा पार्किङ गर्नेहरुका लागि शुल्क लिएर सेवा दिने भएको छ भने सार्वजानिक पार्किङमा जानेहरुलाई निःशुल्क सेवा दिने तयारी गरेको छ ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सार्वजानिक पार्किङस्थल प्रयोग गर्नेहरुले शुल्क बुझाउन पर्ने छैन । तर, सडकमा पार्किङ गर्नेहरुबाट शुल्क असुल्ने गरि योजना बनाईरहेको उनले बताए । उनले अहिले बजार अस्तव्यस्त भईसकेको बताउँदै यस्तो अवस्थामा सधैं रहन दिन नसक्ने बताएका छन् । विराटनगरमा यस अगाडी समेत विभिन्न संघसंस्थाामार्फत सडक पार्किङ शुल्क उठाउने गरिएको थियो ।

महानगरले जलजला चोक पूर्व (साविक जुत्ता मेला लागेको ठाउँ), ग्रिनक्रस अस्पताल पछाडि, शनि मन्दिर दक्षिण तथा महावीर रोड उत्तर, पुरानो गुद्री, बुधहाट चोकस्थित बी प्लट, महावीर रोड र बी प्टलको बीचमा रहेको खाली जग्गा, आन्तरिक राजस्व कार्यालय अगाडिबाट पूर्व, सन्सारीमाईस्थान, हिमालय रोडस्थित मैनाली पुस्तक पसल अगाडिको बर्सना कम्प्लेक्सको अन्डरग्राउन्डलाई पार्किङका लागि तोकेको थियो । तर, यी क्षेत्रमा सहज नभएको भन्दै कतिपयले विरोध जनाएका थिए ।

महानगरपालिकाले शनि मन्दिरदेखि अस्पताल चोक, जलजलाचोकदेखि ट्राफिक चोक हुँदै सन्सारीमाई स्थान, महावीर रोड, गुद्री रोड, शनि मन्दिरदेखि महावीर रोड, कलेज रोड र हिमालय रोडलाई पार्किङ निषेध बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्