विराटनगरका ऋषिदेव समुदायका महिलालाई सीप सिकाउँदै माहेश्वरी महिला मञ्च

विराटनगरका ऋषिदेव समुदायका महिलालाई सीप सिकाउँदै माहेश्वरी महिला मञ्च

विराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगरको दलित समुदायका १५ महिलालाई सिलाइ तालिम दिन थालेको छ ।
महिला मञ्चले अधिकारवादी संस्था एबिसी नेपालको सहयोगमा विराटनगर महानगरपालिका वडा नं. १२ सिमराहीका ऋषिदेव समुदायका महिलालाई सिलाइ तालिम दिएको हो ।

तालिम लिने महिलामा १८ देखि २१ वर्षसम्मका युवती छन् । उनीहरू एबिसी नेपालको विराटनगरस्थित कार्यालयमा एबिसीकै प्रशिक्षकबाट तालिम लिइरहेका छन् । तालिमको उदघाटन समारोहमा एबिसी नेपालका कोशी प्रदेश अध्यक्ष विष्णु शर्माले महिलाको अधिकार, जीविका र चेलीबेटी बेचबिखनका क्षेत्रमा एबिसीको क्रियाकलाप अग्रणी भएको बताइन् ।

अध्यक्ष शर्माले महिला आर्थिक रूपमा आत्मनिर्भर भएमा कसैबाट हेपिने र शोषित हुने डर नहुने धारणा व्यक्त गर्दै आजका प्रशिक्षार्थीहरू तालिमपछि आफ्नो खुट्टामा उभिन सक्ने विश्वास प्रकट गरिन् । महिला मञ्चका अध्यक्ष पूनम राठीले समाजका विभिन्न क्षेत्रमा मञ्चले सेवाका काम गर्दै आएको जानकारी दिइन् । अध्यक्ष राठीले सिलाइको तालिम पूरा गर्ने महिलालाई मञ्चले सिलाइ मेसिन उपलब्ध गराउने वचनबद्धता व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्