तरकारी उत्पादक र व्यापारीबीच ‘बी टु बी’ कार्यक्रम

तरकारी उत्पादक र व्यापारीबीच ‘बी टु बी’ कार्यक्रम

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले तरकारी उत्पादक र व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध स्थापनाका लागि बी टु बी (व्यापार टु व्यापार) कार्यक्रम गराएको छ । तरकारी उत्पादक र व्यापारीबीचको सम्बन्ध प्रगाढ बनाउँदै उत्पादनको बजारीकरण र मूल्य श्रृंखला स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

मोरङको बुढीगंगा मुडेरीमा सम्पन्न कार्यक्रममा तेजस्वी कृषि तथा च्याउ उद्योग सञ्चालक दिनेश सापकोटाले कृषि उपजमा उत्पादनमा कृषकलाई पूर्ण रूपमा अनुदान व्यवस्था नभए सम्म नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने बताएका थिए । कृषकहरूले बिउ, मलखाददेखि बजारीकरणमा समेत समस्या भोगिरहेको उनको गुनासो थियो ।

तरकारी व्यवसायी राजेश यादवले तरकारीको मूल्य श्रृखलामा कृषकहरुले बजारको माग अनुसार आपूर्ति गर्न नसकेको, गुणस्तरमा समेत समस्या रहेको आरोप लगाएका थिए । कृषक विश्व पराजुलीले कृषि फार्मको अवधारणा सहित नवीनतम सोचले यस क्षेत्रमा जोडिन चाहने युवाहरूको लागि राज्यले खेतीयोग्य जग्गा उपलब्धताको लागि लागि सहजीकरण गरिदिनु पर्ने माग राखेका थिए ।

थानीय सुशीला चौधरीले आलु काउली उत्पादन गरेर विराटनगरका हटिया बजारमा बिक्री वितरण गर्दै आइरहेको बताउँदै खुला सिमानाका कारण आयातित तरकारीहरूले गर्दा आफूले उचित मूल्य पाउन नसकेको बताएकी थिइन् ।
महासघं कोशी प्रदेशका प्रशासकीय अधिकृत संजोग शिवाकोटीले कृषि क्षेत्रको व्यवसायीकरणको लागि महासंघले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय कृषि उपज उत्पादक र व्यवसायीहरू गरी ३० जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्