विराटनगर इन्टरनेसनल कलेजमा कार्निभल हुदै, “रकहेड्स” ब्याण्डको प्रस्तुति हुने

विराटनगर इन्टरनेसनल कलेजमा कार्निभल हुदै, “रकहेड्स” ब्याण्डको प्रस्तुति हुने

विराटनगर पुष २५,  विराटनगर इन्टरनेसनल कलेजमा हरेक बर्ष झैँ यस वर्ष पनि कार्निभल आयोजना हुने भएको छ । कलेजमा पुष २७ गते शुक्रबारका दिन अटम कार्निभल आयोजना हुन लागेको हो । कार्निभल साथै सोहि दिन उत्कृष्ट बिद्यार्थीहरुलाई छात्रबृत्ति वितरणको कार्यक्रम समेत रहेको कलेजले जनाएको छ ।

उक्त कार्निभलमा युवाहरुमा चर्चित ब्याण्ड "रकहेड्स" को बिशेष प्रस्तुति कलेजका बिद्यार्थीहरुको लागि हुनेछ भने कलेजका बिद्यार्थीहरुको गायन तथा नृत्य , बिभिन्न खेल र खानाका स्टलहरु पनि राखिने कार्यक्रम रहेको छ। कलेजले आफ्नो स्थापनाको १०औ वार्षिकोत्सवको रुपमा पनि उक्त कार्यक्रम मनाउन लागेको हो ।

कलेजमा इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्टका बिद्यार्थीहरुले उक्त कार्यक्रमको पूर्ण ब्यवस्थापन गर्ने कलेजले जनाएको छ ।

बिराटनगर इन्टरनेशनल कलेजमा इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) र इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्