विराटनगरमा नोट बन्दी माग गर्दै मारवाडी समुदायका युवा सडक धर्नामा

विराटनगरमा नोट बन्दी माग गर्दै मारवाडी समुदायका युवा सडक धर्नामा

विराटनगर । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडीको पेटीमा ४३ वर्षीय कृष्णकुमार अग्रवाल धर्नामा बसेका छन् । विभिन्न चार सुत्रीय माग राखेर उनी शान्तिपूर्ण एकल आन्दोलनमा बस्न थालेका हुन् ।

उनले दैनिक २ बजेदेखि ४ बजेसम्म चारवटा बुँदा सचेत गराउने योजनासहित आन्दोलन गर्ने दावी गरेका छन् ।

उनले राखेको ब्यानरमा सबै प्रकारका प्रचलित कर खारेज, बैकिङ कारोबारको कर प्रणाली लागु, एकसय माथिका सबै नोटहरु बन्देज र प्राकृतिक सन्तुलन बिग्रने गरि हुने सबै प्रकारका निर्माण कार्य बन्द गरिनुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्