विराटनगर। चिसो बढेसँगै विराटनगरको जनजीवन प्रभावित बनेको छ ।
बाक्लो हुस्सु र कुहिरोसँगै चिसो हावाले तराईमा चिसो बढेको हो । दिनभरि लाग्ने हुस्सु र कुहिरोका कारण घाम लाग्न छोडेको छ ।
चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविको पार्जन गर्ने बढी प्रभावित भएका छन् ।
आज पनि बिहानैदेखि विराटनगर लगायत तराईका अधिकांश ठाउँमा हुस्सु र कुहिरो लागेको छ । तराई मधेशमा बढेको चिसोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाइ यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।