न्यानो कपडा संकलन र वितरण गर्न विराटनगरमा ‘घुम्ती क्लोथ बैंक’

<span class='c1'>न्यानो कपडा संकलन र वितरण</span> <span class='c2'>गर्न विराटनगरमा ‘घुम्ती क्लोथ बैंक’</span>

विराटनगर । जाडो बढेसँगै नेपाल हातेमालो मञ्च, मोरङले घुम्ती क्लोथ बैंक शिविर सञ्चालन गर्ने भएको छ । न्यानो कपडा जरुरी पर्ने नागरिकका लागि कपडा तथा जुत्ताहरु संकलन गरेर आवश्यक पर्ने वस्तीका व्यक्ति तथा सडक सहयोगापेक्षी र आश्रितलाई वितरण गर्ने भएको हो ।

मञ्च अध्यक्ष भावना गुरुङले संकलित कपडा कुनै निश्चित क्षेत्रमा राखेर बस्ने नभई जरुरी पहिचान गरेका वस्तीमा पुगेर वितरण गरिने जानकारी दिइन् । उनले आफ्नो घरमा प्रयोगमा नआउने कपडा भए मञ्चलाई सम्पर्क गरेर उपलब्ध गराईदिन आग्रह गरेकी हुन् ।

‘विभिन्न खोला किनारका वस्ती तथा सडकमा सहयोगापेक्षी र आश्रित भएका मानवहरुको पहिचान गरेर वितरण गर्ने योजना बनाएका हौं’ अध्यक्ष गुरुङले भनिन्–कुनै एक स्थानमा क्लोथ बैंक सञ्चालन गर्दा जरुरी पर्ने व्यक्तिहरु त्यहाँ आईनपुग्न सक्छन्, त्यहि भएर घुम्ती क्लोथ बैंक शिविर राख्ने भएका हौं ।

उनले विराटनगर–७ मा मञ्चको कार्यालय रहेको जानकारी दिदैं कसैले प्रयोग नगर्ने कपडा भए सम्पर्क ९८१९०९८२५३ (भावना गुरुङ), ९८६२०४३५०९ (अपेक्षा गिरी) र ९८१०५८७५२५ (सोनु सरदार) आग्रह गरेकी छिन् । यी नम्बरमा सम्पर्क गरे उनीहरुले घरघरबाटै कपडा संकलन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्