कटहरी गाउँपालिकाद्धारा मोरङ ट्राफिक प्रहरीलाई व्रेथलाइजर मेशिन

कटहरी गाउँपालिकाद्धारा मोरङ ट्राफिक प्रहरीलाई व्रेथलाइजर मेशिन

विराटनगर । मोरङको कटहरी गाउपालिकाले जिल्ला ट्रफिक कार्यालय मोरङलाई व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको छ । मादक पर्दाथ सेवन (मापसे )चेकजाचमा प्रयोग हुने व्रेथलाइजर मेशिन पालिकाले हस्तान्तरण गरेको हो ।


गाँउपालिकामा बिहीबार एक कार्यक्रमको आयोजना गरि गाँउपालिका अध्यक्ष देवराज चौधरीले ट्राफिक प्रहरी कार्यालय मोरङका सहायक प्रहरी निरिक्षक श्यामदेव यादवलाई मेशिन हस्तान्तरण गर्नुभयो ।
ट्राफिक व्ववस्थापनमा सहज होस भन्ने उदेश्याले मेशीन हस्तान्तरण गरिएको पालिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । पालिकाले १ लाख २८ हजार ३ सय रुपैयामा मेशिन खरिद गरेको पालिकाका प्रमुख प्रसासकिय अधिकृत मनोजकुमार साहले बताए ।


मादक पदार्थ सेवन चेकजाचको क्रममा सवारी चालकले मेशिनमा फुकेपछि पादक पदार्ग सेवन गरेको नगरेको थाहा पाइन्छ । यो सहित मोरङ जिल्लामा मापसे चेकजाचका लागि चारवटा मेशिन प्रयोगमा आउने प्रहरी सहायक निरिक्षक यादवले बताए । यस अघि टा«फिक प्रहरी कार्यालयलाई विराटनगर महानगरपालिकाले एकथान व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको थियो । दुइवटा पुर्व–पश्चिम राजमार्गमा तथा अब दुईवटा व्रेथलाइजर मेशिन विराटनगर सहित हुलाकी राजमार्गमा सवारी चालक चेक जाँचमा प्रयोगमा ल्याईने मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिनुभयो ।

सवारी दुर्घटना न्युनिकरण गर्दै ट्राफिक व्यवस्थापन सहज वनाउन प्रहरीले मापसे चेकजाच गर्दै आएको छ ।
मेशिन विग्रेपछि वनेर समयमा नआउने समस्याले आवश्यक स्थानमा अझैपनि मापसे चेकजाच गर्न नसकिएको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्