माहेश्वरी महिला मञ्चद्वारा तीन सय ५ जनाको निःशुल्क आँखा परीक्षण

माहेश्वरी महिला मञ्चद्वारा तीन सय ५ जनाको निःशुल्क आँखा परीक्षण

विराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगरका ३०५ जनाको आँखाको परीक्षण र ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ ।

मञ्चले रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानसितको सहकार्यमा आँखाको निःशुल्क परीक्षण र शल्यक्रिया गराएको हो ।

मञ्चले बिरामीलाई आवश्यक औषधी समेत निःशुल्क वितरण गरेको छ । मञ्चका आयोजनामा महानगरपालिकाको वडा नम्बर १ स्थित सयपत्री आधारभूत विद्यालयमा भएको आँखा शिविरमा प्रतिष्ठानका चिकित्सक रुचि शाहका नेतृत्वको टोलीले बिरामीको आँखा परीक्षण गरेको थियो ।

परीक्षणमा ४५ बिरामीमा मोतियाविन्दु भएको पाइएको थियो । उनीहरूको मोतियाविन्दुको शल्यक्रिया रामलाल गोल्छा आँखा अस्पतालमा गरिएको मञ्चका अध्यक्ष पूनम राठीले जानकारी दिइन्।

कार्यक्रममा मञ्चले अस्पताल प्रतिष्ठानलाई प्रदान गरेको सम्मानपत्र प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गोल्छाले ग्रहण गरेका थिए । अखिल भारतीय माहेश्वरी महिला संगठनका उपाध्यक्ष गिरिजा शारडाले गोल्छालाई सम्मानपत्र प्रदान गरेकी थिइन् ।

कार्यक्रममा मञ्चका अध्यक्ष राठीले हामीलाई यस सुन्दर संसारको दर्शन गराउने अङ्ग दुई आँखा नै भएको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा विद्यालयका ७५ विद्यार्थीलाई स्वीटर वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्