विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतअन्तरले निर्वाचित भएका छन् ।
शनिबार विराटनगरमा सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले हराउँदै अध्यक्षमा ढकाल निर्वाचित भएका हुन् ।
२१३ मत ल्याएर ढकाल अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुदिनध्वज श्रेष्ठ १२१ मत मात्र प्राप्त गरे । पहिलो निर्वाचिनमा पनि ढकालले उपाध्यक्षमा श्रेष्ठलाई पराजित गरेका थिए । अध्यक्षका उम्मेदवार श्रेष्ठलाई नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडाको समर्थन रहेका थिए ।
स्वच्छ, मर्यादित र निष्पक्ष रुपमा व्यवसाय संचालन गरि व्यवसायिहरुको हकहितमा अवरात खटिएको कारणले ढकालले अत्याधिक मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै अध्यक्ष ढकालले औषधी व्यसायीहरुलाई एक ढिक्का बनाएर सधै व्यवसायीहरुको हकहितमा लागि पर्ने बताए । अध्यक्षमा निर्वाचित भएका ढकाल म्यान अफ द इलेक्सन पनि भए । उनले सर्वाधिक मत ल्याएर अध्यक्षमा नर्वाचित भए । उनी यसअघि पनि उपाध्यक्षमा सर्वाधित मत ल्याएर निर्वाचित भएका थिए ।
यसैगरी वरिष्ठ उपाध्यक्ष हरीराज रेग्मी निर्वाचि भए । रेग्मीले १९४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी विनोद कुमार यादवले १३७ मत मात्र ल्याए । वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका रेग्मी ढकाल समूहका हुन् । यसैगरी गरि खुद्रा उपाध्यक्षमा मुकेश श्रिवास्तव निर्वाचित भए । श्रिवास्तवले १८१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी पुष्प पोखरेल १४३ ल्याए । यसैगरी महासचिबमा अरुण कुमार ठाकुर निर्वाचित भए । ठाकुरले १९० मत ल्याएर माहासचिबमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी प्रकाश धिमालले १४३ मत पाए ।
कोषाध्यक्षमा मनोज कुमार मण्डलले १७८ मत ल्याएर निर्वाचि भए । उनका प्रतिस्पर्धी बेद बहादुर थापा (गणेश) ले १५७ मत पाए । सचिबमा सरीता चौधरीले २०१ मत ल्याएर निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुदन पौडेलले १३२ मत पाए । सहकोषाध्यक्षमा राजकुमार यादवले १९६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तुलासा विश्वकर्माले १३९ मत ल्याए । थोक उपाध्यक्षमा जितु रजक निर्विरोध निर्वाचित भए ।
एनसीडिका प्रदेशका अध्यक्षसहितका पदाधिकारीले शर्मालाई आगमी निर्वाचनमा एनसीडिएको प्रदेशमा लैजाने प्रतिवद्धता जनाएपछि अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएका हुन् । त्यसपछि रजक सर्वसम्मत भए ।
त्यसैगरी खुद्रा सदस्यमा सुनिल कुमार चौधरीले १९२ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी शंकर यादवले १४२ मत पाए । यसैगरी थोक सदस्यमा राजेश कुमार मण्डलले २०८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी अन्जु बस्नेतले ९७ मत ल्याए । यसैगरी सदस्यहरुमा अरविन्द्र कुमार मण्डलले १९०, गौरव प्रसाद साहले १५५, किरण कुमार चौधरीले १८१ मत ल्याएर निर्वाचित भए । ४ सय १५ मत रहेको एनसीडिए मोरङमा ३ सय ५५ मत खसेको थियो ।