विराटनगरमा पहाडमा उत्पादन भएको तरुल किन्नेको भीड

विराटनगरमा पहाडमा उत्पादन भएको तरुल किन्नेको भीड

विराटनगर । माघे संग्रातीको पुर्व सन्ध्यामा विराटनगरको गुद्री बजारमा तरुण, तिलको लड्डु लगायतका सामान किन्नेहरुको भीड लागेको छ । माघ १ गतेका लागि विशेष परिकार मानिने तरुल तथा चाकु र तिलका लड्डु किनिएको हो ।

मकर संग्रातीको रुपमा मनाउने चलन रहेको माघ १ गतेलाई विराटनगरको पुरानो गुद्री बजार र नयाँ गुद्री बजारमा तरुलको व्यापार समेत बढेको छ । बजारमा अहिले सबैभन्दा बढी तरुल, सुठुनी , स्कुसको जरा, तिल, भुजा र चिउराको लड्डु किन्नेहरुको भिड देख्न सकिन्छ । यसका अलवा तरकारी तथा फलफूल पसलमा समेत तरुलको मागसँगै आपूर्ति पनि बढेको स्थानिय व्यापारीहरू बताउछन् ।

संक्रान्तिको मुखमा तरुलको व्यापार राम्रो हुने भएकाले पहाडी क्षेत्रबाट व्यापारीहरुले हप्तादिन अगाडीदेखी नै किनेर ल्याउने गरेको उनीहरु बताउछन् । संग्रातीमा विशेषगरी तरुल लगायत तिलको लड्डु खाने चाड भएको हुदा पनि विराटनगरको गुद्री बजारमा तरुल किन्नेहरुको भिड देख्न सकिन्छ । गुद्री बजारमा अहिले वनतरुल २ सय, घर तरुल ८०, स्कुसको जरा १ सय ४०, सुटुनी ८० देखी १ सय रुपैँया प्रतिकेजी सम्म रहेको व्यापारीहरु बताउछन् । यसपटकको माघेसंग्रतीमा विगतको बर्षहरु भन्दा सामानको बजार भाउ सस्तो रहेको व्यापारी हरेराम साहले बताए ।

तील र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने कतिपयको भनाई पनि छ । यसअर्थमा कतिधेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार नेपाली जनजीवनमा रहेको छ ।

यता विराटनगरको गुद्री बजारमा भेटिएका उपभोत्ताहरु पनि यसपटकको माघे संग्रातीमा अन्य बर्षको भन्दा सस्तो मुल्यमा सामान भेटिएको बताए । माघे सग्राती अर्थात माघ महिनाको प्रथम दिन भएकाले माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिनाको रुपमा मानिदै आएको छ । माघ १ गते सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र भोलीको दिनलाई माघे सक्रान्ती, या मकर सक्रान्ती अर्थात माघी पर्वको रुपमा आ–आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्