विराटनगरमा छैन भने जस्तो ‘पिकनिक स्पट’

विराटनगरमा छैन भने जस्तो ‘पिकनिक स्पट’

विराटनगर। जाडोको मौसम सुरु भएसँगै विदाको समय पिकनिक (वनभोज) जाने धेरैको योजना हुन्छ । पारिवारिक, संस्थागत साथै साथीभाई मिलेर पिकनिक जाने र रमाईलो गर्ने चलन बढ्दो छ । त्यसका लागि एउटा निश्चित स्थान आवश्यक हुन्छ । जुन प्राकृतिक रुपमा रमणीय र वातावरणका हिसाबले अनुकुल होस् । तर, पिकनिकै लागि भने जस्तो स्थान विराटनगरमा छैन ।

विराटनगर महानगरपालिका आसपास समेत भने जस्तो पिकनिक स्थल नहुँदा नजिकै जान चाहनेहरुका लागि सहज छैन । विराटनगरसँग सीमा जोडिएको सुनसरीको बर्जुमा शान्ति वन र कटहरीको गोपाल गार्डेन केहि वर्ष अगाडीसम्म निक्कै चलेका थिए । एक दुई पटक एकै स्थानमा गएपछि अर्को स्थानमा जाने चाहना हुनेहरुले ठाउँ पाउदैनन् । अधिकांश विराटनगरवासी वनभोज कार्यक्रम तय गरेर विराटनगरभन्दा बाहिर नै जाने गरेका छन् ।

गत शनिबार मात्रै प्रेस सेन्टर मोरङबाट आयोजना गरिएको वनभोज कार्यक्रम मोरङको बेलबारीमा रहेको रमिते डाँडामा गरिएको थियो। राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर पिक्निकका लागि सुनसरीमा रहेको शान्तिवन पुगेका थिए । विराटनगर आसपास भने जस्तो पिक्निक जाने स्थान नभएकाले कहाँ जाने भन्ने अन्योल धेरैलाई हुने गरेको छ ।

धेरै जस्तो सुनसरीको बर्जु ताल, सुनसरीको तालतलैया, शान्तिवन, बेलाबारी, हसिना सिमसार लगायतको स्थानमा पिक्निका लागि जाने गरेका छन् । विराटनगर महानगरपालिका भित्र पनि पिक्निकको लागि निश्चित ठाउँको निर्माण गर्न सके विराटनगरवासी मनोरञ्जनको ठाउँ खोज्दै विराटनगर बाहिर जानु नपर्ने धेरैको भनाई छ । विराटनगर–१० मा एक्वापार्क र विराटनगर–१९ को ऋषिमोहन पार्क पिकनिक जाने स्थान हुन् । यी पनि अन्य व्यवसायिक प्रयोजनका लागि बढी प्रचलित हुँदै गएका छन् । पछिल्लो समय यी स्थान रोज्ने विराटनगरवासी समेत घट्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्